टोखा नगरपालिकामा कोरोना संक्रमित शंख्या १३६४ जना पुग्यो
कपन अनलाइन
काठमाडौं ,असोज २५ /नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या बढेर १३६४ जना पुगेको छ। असोज २३ गरेको वडा गत विवरण मा १३०१ जना रहेको थियो।पछिल्लो २४ घण्टा को वडा गत विवरण अनुसार १३६४ जना पुगेको हो।
हाल संक्रमित महिला सख्या ५८८ जना रहेको र पुरुष सख्या ७७६ जना रहेका छन्। भने सकृय संक्रमित सख्या ५२० जना रहेका छन्। जस मध्ये निको हुनेको संख्या ८३९ जना रहेको छ। मृत्यु हुने संक्रमित सख्या ५ जना रहेका छन्।
सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ४४२ जना रहेको र अस्पतालको आइसोलेशनमा ५४ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
असोज २४ गते वडा गत विवरण अनुसार थप भएका संक्रमित महिला सख्या २५ जना रहेको र पुरुष सख्या ३८जना रहेको मा जम्मा संक्रमित सख्या ६३ जना रहेका छन्। भने होम आइसोलेसनमा ५६ जना रहेको र अस्पतालको आइसोलेशनमा ४ जना मात्र रहेको डंगोलले जानकारी दिए।
CICT Team ले ६३ जना नयाँ थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी को नगर आइसोलेशन केन्द्रमा १जना थप नयाँ भर्ना भएका छन् भने २ जना हिजो डिस्चार्ज भएको छ। हाल जम्मा संक्रमित सख्या १३ जना रहेका छन्।
टोखा नगरपालिका भरी PCR परीक्षणका गरिसकेका हरुको सख्या भने ४९५२ जना पुगिसकेको उपप्रमुख ज्ञान माया डंगोलले बताए।
तपाइँको प्रतिक्रिया ।