गोकर्णेश्वर ६ मा होम आइसोलेसनमै मृत्यु भएका व्यक्तिको शव उठ्न २४ घण्टा लाग्यो
कपन अनलाइन
काठमाडौं, असोज २४ ।बुधबार साँझ गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा कोरोना संक्रमित भई होम आइसोलेसनमा मृत्यु भएका ब्यक्तिको शव बिहिबार साँझ नगरपालिकाको पहल पश्चात उठेको छ। बुधबार मृत्यु भएको उनको शब् उठाउन सम्बन्धित निकायले प्रक्रियाका कुरा गरेर आलटाल गरे पछि नगरपालिकाको पहलमा शव बिहिबार साँझ उठेको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालका अनुसार बिहिबार बिहान देखि सेनाको टोलीलाई शब् व्यवस्थापनका लागि अनुरोध गर्दा सम्भब नभए पछि वडाकै खर्चमा अस्पतालबाट शव व्यवस्थापन टोलि ल्याएर शवलाई बेरेर राखे पछि बिहिबार रातको १० बजे सेनाको टोलीले शव व्यवस्थापन गरेको जानकारी गराए ।
शव व्यवस्थापनमा समस्या उत्पन्न भए पछि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे वडा अध्यक्ष रमेश अर्याल नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय महानगरीय प्रहरी वृत्तका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीको पहल तथा समन्वयमा घर बाट शव व्यवस्थापनको लागि पठाइएको हो ।
वडा अध्यक्ष रमेश अर्यालले राजधानी जस्तो ठाउमात कोरोनाका कारण मृत्यु भएको २४ घण्टा सम्म शव उठाउन सकिदैन भने दुर दराजक अवस्था के होला भन्दै शव लामो समय सम्म नउठ्दा स्थानीयले नै उठाउने बाध्यता आउने र त्यसले संक्रमणको जोखिम बढ्ने बताए। उनले घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु भएमा अस्पतालमा मृत्यु भएकाकै जस्तो तत्काल शव व्यवस्थापनको नीति हुनुपर्ने बताए ।
साभार :नेपाल जापान डट कम