कोरोना जिते अब जनसेवामा थप सक्रिय हुन्छु : दिपेन्द्र लामा

कोरोना जिते अब जनसेवामा थप सक्रिय हुन्छु : दिपेन्द्र लामा

कपन अनलाइन

काठमाडौं, असोज १३। काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले कोरोना जितेका छन् कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेका उनको हिजो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै वडा अध्यक्ष लामाले आफुलाई कोरोना संक्रमित भएको थाहा पाए पनि कोरोनालाइ जित्न सक्छु भन्ने आत्मविश्वास रहेको बताउदै त्यतिबेला  पोजेटिभ भए पनि कुनै पनि लक्षण नदेखिएको बताए ।पोजेटिभ  भने पछि सामाजिक मर्यादा आफ्नो दायित्व पनि पुरा गर्नु पर्ने भएकोले  आफु कार्यरत सम्बन्धित  कार्यलयलाइ जानकारी गराई होम आइसोलेसनमा बसेको बताए ।

कोरोना जित्न सक्ने आत्मबल बढाउन सामाजिक संजाल  ,टेलिफोन गरेर अनि जोखिमका बिच पनि भेट्न आएर सहयोग र शुभेच्छा देखाउने सबै ,इस्टमित्र, शुभचिन्तक वडाबासी सबैको हौसलाका  कारण कोरोना परास्त गर्न सक्ने आत्मबल  बढेको  बताउदै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई  धन्यबाद ददिदै   पुन जनसेवामा थप  सक्रिय हुने  बताएका छन ।

उनले आइसोलेसनमा बस्दा  आफुमा कोरोना संक्रमण भएको  दिमाखमा आउन नदिन रचनात्मक काम गर्दै वडाका बिकासका बारेमा योजना बनाउदै  बिताएको बताए। “कोरोना एउटा भाइरस हो , यसलाई साबधानी अपनाए चाँडै निको भइन्छ , मनोवल उच्च बनाएर स्वास्थ्य जीवन शैली अपनाए कोरोनालाई जित्न सकिन्छ” उनले भने ।उनले सबैलाई कोरोना संक्रमण फैलिरहेको अवस्थामा सचेत हुदै सामाजिक दुरी कायम सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।