शंखरापुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागि साझेदारी गर्ने

शंखरापुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागि साझेदारी गर्ने

कपन अनलाइन

काठमाडौँ, असोज २१ । मंगलबार शंखरापुर नगरपालिकाकी  उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले राष्ट्रिय  युवा स्वरोजगार कोषका उपाध्यक्ष डा देबराज रोक्का (कल्याण )सहितको टोलि संग छलफल गरेकी छिन। स्वरोजगार कार्यालयको सचिवालय  अनामनगरमा भएको सो भेटमा शंखरापुर नगरपालिकाकी  उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले भर्खरै नियुक्त्त भएर आएका   राष्ट्रिय  युवा स्वोरोजगार कोषका उपाध्यक्ष देवराज रोक्का (कल्याण )लाई बधाई तथा सफल कार्यकालको सुभकामना  दिदै शंखरापुर् नगरपालिका र रास्ट्रीय युवा स्वरोजगार कोषका बीच सहकार्य गरेर अगाडी बढ्ने बिषयमा छलफल  गरेकी थिइन ।

शंखरापुर नगरपालिकामा शैक्षिक बेरोजगारको संख्या दिनानुदिन बढ्दै  गएको र त्यसको को न्युनिकरणका लागि यस नगरपालिका प्रयासरत रहेको समेत  रोक्का संगको  भेटमा बताएकि थिइन । उनले शंखरापुर नगरपालिका  युवा स्वरोजगारका लागि राष्ट्रिय  युवा स्वरोजगार कोष संग साझेदारी गर्न इच्छुक भएको पनि बताएकी थिइन ।

 सो भेटघाटमा शंखरापुरका युवा समाजसेवी अमृत दंगालले युवाको प्रतिनिधित्व गर्दै शंखरापुरका बेरोजगार युवालाई स्वरोजगारको प्रबर्द्दन गर्दै आर्थिक स्वाबलम्बन  र आत्मनिर्भरको बाटोमा युवालाई कसरि लान सकिन्छ भन्ने बिषयमा  छलफल भएको बताए ।उनले  स्वरोजगार कोषले हालसम्म २१०० सहकारीलाई अनुदान दिएको र यसको खासै उपलब्धि नदेखिएकोले अब आफु नेतृत्वमा आएपछी अब एक बर्षमा करिव २० हजार युवालाई  स्वोरोजगार बनाउने योजना रहेको समेत उनले बताए।  आगामी दिनमा यस कोषले हरेक स्थानीय तहसंग साझेदारी गरेर स्वोरोजगारका गतिबिधि अगाडी बढाउन चाहेको  बताउदै एकजनालाइ  स्वोरोजगार बनाउन करिव ५ वर्ष लाग्ने बताए।

सौजन्य : समुदाय खबर

तपाइँको प्रतिक्रिया ।