Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120775754_784690842314155_2651223323433257124_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाको असोज २० गते सम्मको कोरोना अपडेट

कपन अनलाइन

काठमाडौं, असोज २१ । गोकर्णेश्वर नगरपालिकाले असोज २० गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जसमा असोज २०  गते सम्म नगरपालिकामा पुरुष ३२१ जना पुरुष  र ३०७ जना  महिला गरि कुल ६२८ जना संक्रमित भेटिएको उल्लेख गरिएको छ। त्यसै गरि असोज २० गते सम्म १७३ जना  पुरुष र १२५  जना महिला गरि कुल २९९ जनाले कोरोना जितेको जनाएको छ । कुल संक्रमित मध्ये ३ जना पुरुष  ३  जना महिला गरि कुल ६ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी गराएको छ।

त्यसै गरि असोज २०  गते सम्म नगरपालिका भित्र १४५ जना पुरुष र  १७९ जना महिला गरि कुल ३२४ जना सक्रिय संक्रमित रहेको जसमा होम आइसोलेसनमा १३१ जना पुरुष र  १६७ जना महिला गरि कुल २२० जना रहेको र अस्पतालको आइसोलेसनमा १४ जना पुरुष र १२ जना महिला गरि कुल २६ जना रहेको उल्लेख गरिएको छ । त्यसै गरि क्रिटिकल केयरमा ३ जना पुरुष र १ जना महिला गरि कुल ४ जना रहेको जनाइएको छ ।नगरपालिकाले हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७जनाको आर डीटि परिक्षण गरेको र हाल सो आर डिटि परिक्षण बन्द गरिएको जानकारी गराएको छ ।

त्यसै गरि हाल सम नगरपालिकाले ११३८ जना पुरुष र ९४८ जना महिला गरि कुल १७८८ जनाको  पि सी आर परिक्षण  गरिएको जानकारी गराएको छ ।त्यस्तै नगरपालिकाले हाल सम्म १५२० जनाको कन्ट्याक्ट  ट्रेसिंग गरिएको मध्ये २३८ जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायका अनुसार दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको अवस्थामा उनले स्वास्थ्य माप दण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।