कागेश्वरी मनोहरा नगरपालिकामा असोज १९ गते थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं, असोज २०। कागेश्वरी मनोहरा नगरपालिकाले असोज १९ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत असोज १९ गते थप ११ पुरुष र ५ जना महिला गरि कुल १६ जना संक्रमित फेला परेको उल्लेख गरेको छ भने थप एक जना संक्रमितको मृत्यु भएको जनाएको छ  । हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २९९४ जना पुरुष र १५५२ जना महिला गरि कुल ४५४६ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएको र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।

हाल सम्म २६० जना पुरुष र १५५  जना महिला गरि कुल ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको  जनाएको छ। त्यसै गरि  १५८ जना पुरुष र  ९९  जना महिला गरि कुल २५७ जनाले कोरोना जितेको जनाएको छ । हाल सम्म २ जना पुरुष र २ जना महिला गरि कुल ४ जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।

त्यसैगरि कागेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा ११जना पुरुष र ३  जना महिला गरि कुल १४  जना रहेको, त्यसै गरि होम आइसोलेसनमा ९२ जना पुरुष र ५२ जना महिला गरि कुल १४४ जना रहेको जनाइएको छ ।त्यसै गरि नगरपालिकाले  वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।

जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा  १३ जना संक्रमित  मध्ये ५ जना निको भएको,वडा नं २ मा ८ जना संक्रमित रहेकोमा ५ जना निको भएको,वडा नं ३ मा ७ जना संक्रमित रहेको मा ७ जना नै निको भएको, वडा नं ४ मा १६  जना संक्रमित रहेको र १० जना निको भएको,वडा नं ५ मा २८ जना  रहेको मा हाल सम्म १८ जना निको भएको,वडा नं ६ मा ९४ जना  रहेको मा हाल सम्म  ६३ जना निको भएको , वडा नं ७ मा ६५ जना रहेको मा हाल सम्म  ३९  जनाले कोरोना जितेको उल्लेख गरिएको छ। वडा नं ८ मा ५६ जना  रहेको मा हाल सम्म ३० जना निको भएको  ,वडा नं ९मा १२८ जना संक्रमित रहेकोमा  हाल सम्म ८० जना निको भएको उल्लेख गरिएको छ ।

हाल सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना ,वडा नं ८ मा एक जना र  वडा नं ९ मा २ जना गरि कुल ४ जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको  छ । हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा ८जना रहेको वडा नं २ मा ३ जना ,वडा नं ३मा मा सक्रिय संक्रमित छैनन , वडा नं ४  मा  ६जना  वडा नं ५ मा ९ जना , वडा नं ६ मा ३१ जना ,वडा नं ७ मा २६ जना, वडा नं ८ मा २५ जना र वडा नं ९ मा ४६जना रहेको उल्लेख  गरिएको छ।

तपाइँको प्रतिक्रिया ।