असोज १८ गते काठमाडौं महानगरपालिका वडा नं ६ मा ५ जना कोरोना संक्रमित थपिए

असोज १८ गते काठमाडौं महानगरपालिका वडा नं ६ मा ५ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौँ, असोज १९। काठमाडौं महानगरपालिका वडा नं ६ ले असोज १८ गते सम्मको कोरोना अपडेट  सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज १८ गते थप ५  जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा १२० जना महिला र १४० जना पुरुष गरि कुल २६० जना संक्रमित भेटिएको जनाइएको छ। हाल सम्म ११९ जना सक्रिय संक्रमित रहेको जसमा११० जना होम आइसोलेसनमा , ९  जना अस्पतालको आइसोलेसन रहेको र १३८ जनाले कोरोना जितेको पनि उल्लेख गरिएको छ । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा  ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।

त्यसै गरि हाल सम्म  १०४३ जनाको पी सी आर परिक्षण गरिएको र १२६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि  पनि उल्लेख गरिएको छ।साथै कुल संक्रमितको बिवरण काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गत बसोबास गर्ने सुरक्षाकर्मी तथा कर्मचारी समेतको अन्य निकाय बाट प्राप्त रिपोर्ट अनुसारको संख्या समेत समाबेश भएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।