अग्रमोर्चाका योद्धालाई अपमान हैन सम्मान गरौ !

अग्रमोर्चाका योद्धालाई अपमान हैन सम्मान गरौ !

कपन अनलाइन

काठमाडौं,असोज १९/पुन्यराज पुडासैनी 

अहिले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा अग्रमोर्चामा रहेर जनताको सेवामा रहेका स्वास्थ्य कर्मी ,जनप्रतिनिधि,सुरक्षाकर्मी र संचारकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेका छन।

आफ्नू   व्यक्तिगत र पारिवारिक सुरक्षालाई भन्दा आम जनताको सेवालाई प्राथमिकतामा राखेर अहोरात्र खटिरहेका अग्रमोर्चाका योद्धाहरुलाई  प्रोत्साहन दिनु सबै सचेत जनताको दायित्व र जिम्मेवारी हो। यस्तो विषम परिस्थितिमा आपतकालीन सेवा ,राहत र उद्दारमा सक्रिय ति सिपाहीहरुका कारण नै धेरै जनताले राहत महसुस गरिरहेका छन भन्ने विषयलाई सबैले गम्भिरतापूर्वक मनन गर्नुपर्ने देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार आफ्नो शारीरिक,मानसिक र सामाजिक सुस्वास्थ्यलाई जोखिममा राखेर अथाह तनाव र दवावलाई बेवास्ता गर्दै सक्रिय रहने व्यक्तिहरु नै अग्रमोर्चाका योद्धा हुन।

जनतालाई सुचना ,सचेतना ,सुरक्षा र सम्पर्क गर्ने कार्यमा रहेका यो साहासी योद्धाहरुलाई अहिले सबैको सकारात्मक सहयोग र सद्भावको खाँचो रहेको एक स्वास्थ्य कर्मीले बताउछिन। आफ्ना छोरा छोरी, परिवार,आफन्तलाई यस्तो विषम परिस्थितिमा छोडेर प्रकोप संग लड्न जोखिमको मैदानमा रहेको वेलामा आउने नकारात्मक टिप्पणी र व्यवहारले निकै दुखि बनाउने गरेको भन्दै उनले संवेदना हराएका मानिसहरुका कारण कहिले कहिँ मनोवल घट्ने गरेको सुनाइन।

जनताको मत र मन जितेर सेवा गर्छु भनेर आएको र त्यसका लागि आफ्नो ज्यान र सुरक्षा दोश्रो प्राथमिकतामा पर्ने एक जनप्रतिनिधिले बताए।नेपाल सरकारले सुम्पेको दायित्व र जनताको भरोशा कायम राख्न गरिएका कामलाई नजर अन्दाज गरेर चल्तीको प्रचार मसला बनाउने प्रवृति बढेकोमा दुख व्यक्त गर्दै उनले जनप्रतिनिधिले जनताको सेवाका लागि गरेको साहासी योगदानको सकारात्मक मुल्यांकन हुनुपर्ने बताएका छन।

कोरोना प्रकोपमा अभावका कारण विभिन्न अपराधिक घटना हुने गरेको र त्यस्तो वेलामा दिन रात नभनी खट्नु आफ्नो जिम्मेवारी रहेको एक सुरक्षाकर्मीले बताएका छन । यस्तो समयमा शान्ति सुरक्षा र जनताको हितका लागि सबै  किसिमको जोखिम संग लड्नु परेको बताउदै उनले सामाजिक रुपमा निकै सन्देह र आशंका व्यक्त गरिंदा निकै दुख लाग्ने बताए।

संक्रमणको जोखिम बाट जनतालाई बचाउन हरेक किसिमका खतरा मोलेर मैदानमा उत्रेका योद्दाहरुका वारेमा विभिन्न माध्यम हुने गरेका गलत टिप्पणी र प्रचारले उनीहरुको मनोबलमा असर मात्र पुग्ने हैन  यसले आम मानिसको मनोवृतिमै गम्भीर असर पार्ने तर्फ विचार पुर्याउनुपर्ने एक मनोसामाजिक परामर्श दाताले बताएका छन।

जुन कुरालाई पनि नकारात्मक देख्नु एक किसिमको रोग हो र यो अहिलेको गम्भीर परिस्थितिमा निकै द्रुत गतिमा फैलिएको भन्दै उनले यसको उपचार भनेको केवल सकारात्मक सोच र ब्यावहार रहेको बताए। यसरि रोगले ग्रसित बनेर टिप्पणी गर्दौ जाँदा यसले अग्र मोर्चाका योद्धा निरास बने भने त्यस पछिको परिस्थितिमा कसलाई दोष दिएर उम्कने ? भन्ने प्रश्न गर्दै उनले अहिलेको परिस्थितिमा आक्रोस र कुण्ठाको अंगार भन्दा प्रोत्साहनको पुष्पले उनीहरुको स्वागत गर्नुपर्ने बताए।

धेरै स्थानमा  हुने गरेको सामाजिक दुर्व्यवहार र हल्का नकारात्मक टिप्पणीहरुका कारणले धेरै  स्थानमा स्वास्थ्यकर्मीहरुले राजिनामा दिन बाध्य बनेको तर्फ संकेत गर्दै एक संचारकर्मीले समाजको पश्चगामी नकारात्मक चिन्तनले अध्यारो तर्फ डोर्याउने खतरा बढेकोमा चिन्ता ब्यक्त गरेका छन। यस्तो प्रवृतिले समाजलाई दानवीकरण तर्फ धकेलेको कडा टिप्पणी गर्दै उनले यसलाई रोक्न सामुहिक पहलकदमीको आवस्यकता रहेको बताएका छन।

कोरोनाका कारण समाजले गुमाउदै गएको सामाजिक ,आर्थिक र मानवीय मूल्यलाई जोगाउदै जनतालाई कम भन्दा कम क्षेती पुर्याउन त्यसका विरुद्ध लडिरहेका योद्धाहरुको मनोवल मजबुद बनाउने दायित्व स्वयं जनताकै भएकोले समयले दिएको त्यो गहन जिम्मेवारी पुरा गर्न सबैले एकमत भएर लाग्नुपर्ने देखिन्छ।

कोरोनको आक्रमण झन् झन् बढिरहेको अवस्थामा अग्रमोर्चा कमजोर बनेर ढल्यो भने त्यसपछि आउने विपदको आंधी छेक्न कसैले नसक्ने बेकोले सबैले एक आवाजमा भन्नु पर्ने बेला आएको छ अग्रमोर्चाका योद्धालाई अपमान हैन सम्मान गरौ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।