दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,असोज १९।

दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँको स्वयम्भूबाट पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका –८ का सानुकान्छा थिङ रहेका छन।

उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ । प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले रु ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ ।

तपाइँको प्रतिक्रिया ।