टोखा नगरपालिकामा ५१ जना कोरोना संक्रमित थपिए ,कुल संक्रमित शंख्या १ हजार ५२
कपन अनलाइन
काठमाडौं ,असोज १९ /नविना श्रेष्ठ
टोखा नगरपालिकामा पछिल्लो २४ घण्टा मा ५१ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस कोभिड-१९ संक्रमित बढेर १०५२ जना पुगेको छ।
हाल सम्म महिला सख्या ४५८ जना रहेको र पुरुष सख्या ५९४ जना रहेका छन्। सकृय संक्रमित ३६६ जना रहेका छन्। भने ६८१ जना निको भइसकेका छन्। टोखा न.पा.का भरीमा हाल सम्म ५ जनाको मृत्यु भएका छन्।
कोरोना सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ३०७ जना रहेको र अस्पतालको आइसोलेसनमा बस्ने ४७ जना रहेका छन्। भने १२ जना सम्पर्क विहिन भएका छन्।
असोज १८ गते वडा गत विवरणर अनुसार थप भएका महिला संक्रमित सख्या २८ जना रहेको र पुरुष सख्या २३ जना गरी जम्मा संक्रमित सख्या ५१ जना संक्रमित थपिएका छन ।
जस मध्ये होम आइसोलेसनमा ४२ जना रहेको र अस्पतालमा ७ जना रहेका छन्। सम्पर्क विहिन २ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
वडा गत विवरण अनुसार वडा नं १ मा १ जना, वडा नं २मा ३ जना वडा नं ३ मा ८जन वडा नं ४मा २ जना वडा नं ५ मा ४ जना वडा नं ६ मा ६ जना वडा नं ७ मा ५ जना वडा नं ८ मा ५ जना वडा नं ९ मा ४ जना वडा नं १०मा २ जना वडा नं ११ मा ५जना गरी अन्यमा ६ जना संक्रमित थपिए सँगै संक्रमित सख्या ५१ जना पुगेको हो ।
CICT Team ले ५१ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना नयाँ थप संक्रमित भर्ना सँगै २४ जना संक्रमित आइसोलेसनमा रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।