ट्राफिक महाशाखाको संयुक्त मेस भवनको उद्‌घाटन

ट्राफिक महाशाखाको संयुक्त मेस भवनको उद्‌घाटन

कपन अनलाइन

काठमाडौं ,असोज १८।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि Lost & Found Vehicle Record System सफ्टवेयरको एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज उद्‍घाटन गरेका हुन।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेकाट्राफिक प्रहरीको उच्च प्रशंसा गर्दै  आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गरेका थिए  ।

उनले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडी शिर नझुकाई निश्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिएका थिए  । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरियता र प्रभावकारीता हुने विश्वास लिएका थिए ।

सोही कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुहुदै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरश: पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गरेका थिए । उक्त भवन रु. १३ लाख ५१ हजार ८०९ मा सम्पन्न भएको हो ।

 

तपाइँको प्रतिक्रिया ।