कोरोना पराजित गरेर चाडै जनताको सेवामा सक्रिय हुनेछु : उद्दब खरेल
कपन अनलाइन
काठमाडौं ,असोज १८। बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले चाडै नै कोरोना पराजित गरेर जनताको सेवामा सक्रिय हुने बताएका छन्। अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहदै नगर कार्यालय बाट सेवा प्रदान गर्दै आएका नगर प्रमुख खेरेललाइ कोरोना संक्रमण देखिए संगै अहिले उनि होम आइसोलेसनमा बसेका छन । कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै खरेलले कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन ।
कपन अनलाइन संग कुरा गर्दै “अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन”, उनले भने। निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न, बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्।
उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गर्दै कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै नगर प्रमुख खरेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छन।
उनले बिभिन्न माध्यम बाट स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद दिएका छन् । जनप्रतिनिधि आफ्नो दायित्व बाट पन्छिन नमिल्ने हुँदा सामाजिक दुरी कायम गरि सतर्कताका साथै काम गरिरहेको अवस्थामा केहि ब्यक्तिहरुले अपराधी सरह व्यवहार गरेकोमा दुखि हुदै संक्रमण जो सुकैलाई पनि हुन सक्ने भएकोले संक्रमितको मनोबल बढाउने काम गर्नुपर्ने खेरलले बताएका छन।