जेष्ठ नागरिक दिवसको अवसरमा ११८ वर्षीय बाटुली लामिछानेलाई सम्मान
कपन अनलाइन
काठमाडौं ,असोज १८।
जेष्ठ नागरिक दिवसको अवसरमा ११८ वर्षीय बाटुली लामिछानेलाई सम्मान गरिएको छ। ककनी गाउँपालिकमा बस्दै आएकी लामीछानेलाई बाला फाउन्डेसनले सम्मान गरेको हो।
फाउन्डेसनकी अध्यक्ष भवानी दाहालको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज राउत रहेका थिए।
बागमती प्रदेश सदस्य बद्री मैनाली ,जेष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष एवम् नेपाल निजामती कर्मचारी संगठनका संस्थापक अध्यक्ष माेहन बहादुर केसी ,ककनी गाउँ पालिका अध्यक्ष मानबाहादुर लामा र उप प्रमुख सीता खतिवडा लामा,नेकपा नुवाकाेट जिल्ला पार्टी अध्यक्ष रामहरी श्रेष्ठ,
ककनी गाउँपालिका वडा नं८ का अध्यक्ष शेषमान तामाङ ,वीर अस्पतालका चिकित्सक डा. राम थापा क्षेत्री लगायतको उपस्थितिमा भएको कार्यक्रममा ११८ बर्षे लामिछाने लाई भातलाई मिचेर ख्वाउने कार्य सहज हाेस भनेर ग्रान्डर १, थर्मश-१, , सिरक -१, झुल १, जाडाेका लगाउने लुगा ,सारी सेट, टावेल , दाेसल्ला ,चामल , दाल , चिनि , चना , वर्ड्स, डाईपर , हर्लिक्स,डसना , तन्ना र सिरानि पनि प्रदान गरिएको थियो।
सो अवसरमा प्रदेस सभा सदस्य बद्रि मैनालीले सांसद कोष बाट १० लाख सहयोग गर्ने घोषणा गर्दै नगद १५ हजार प्रदान गरेको र
माेहन बहादुर केसि बाट २५ हजारको चेक हस्तान्तरण र घर बनाउदा श्रमदान गर्ने घाेषणा गरिएको फाउन्डेसनकी अध्यक्ष भवानी दाहालले जानकारी दिएकी छन।
त्यस्तै लामिछानेको सहज जीवनयापनका लागि जग्गा खोजि गरेर आवास निर्माण ,राज्य बाट सर्वाधिक जेष्ठ नागरिक घोसणाका लागि पहल र गिनिज बुकमा उनको नाम लेखाउने तयारी गरिएको बताउदै अध्यक्ष दाहालले १०० वर्ष पुगेका जेष्ठ नागरिक अभिलेख संकलनको योजना रहेको जानकारी दिएकी छन।
तपाइँको प्रतिक्रिया ।