नव बिहानी कृषि सहकारीको चौथो साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं, असोज १७ गोकर्णेश्वर नगरपालिका वडा नं १ मा संचलित नव बिहानी कृषि सहकारी चौथो साधारण सभा सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित जी जी ट्राभल लजमा शनिबार सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,संचालक नेफ्स्कुन तथा चिनारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, न्हुच्छे नारायण श्रेष्ठ
जया देबकोटा मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेल,नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष गौतम खनाल, लगायत कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो सामाजिक दुरी सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नव बिहानी कृषि सहकारी संस्थाका अध्यक्ष बिनय सिंखडाले गरेका थिए भने कार्यक्रम संचालन राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बिरुवामा पानी हालेर उद्घाटन गरेको सो कार्यक्रममा सहकारी संचालक, अधिवक्ता एबमशिक्षाविद राजेश कुमार बिष्टले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले कृषि प्रदान देश नेपालमा कृषि सहकारीको आवश्यकताको बारेमा प्रकाश पार्दै अबको क्रान्ति कृषि क्षेत्रमा गर्नु पर्ने बताए ।उनले नपढेका मान्छेले मात्र कृषि पेशा अँगाल्छन भन्ने पुरानो सोचलाई परिवर्तन गर्दै आधुनिक कृषि प्रणाली मार्फत आत्मानिर्भर बनाउने उदेश्य सहित सहकारी स्थापना गरिएको बताए।
कोरोनाका कारण विदेशमा रहेका नेपालीहरु समेत फर्किरहेको अवस्थामा देशमा कृषि क्षेत्रले रोजगारी प्रदान गर्न सक्ने भएकोले अब कृषिलाइ आधुनिकीकरण गर्दै लाग्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा लेखा संयोजक उद्दब आचार्यले लेखा समितिको प्रतिबेदन प्रसुत गरेका थिए भने कोषाध्यक्ष रामराजा गौतमले कोषाध्यक्षको प्रतिबेदन एबम सहकारीका अध्यक्ष बिनय सिंखडाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मजुरा राष्ट्रित मासिक पत्रिकाका प्रधान सम्पादक अनन्त अर्याल, संचालक नेफ्स्कुन तथा चिनारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, न्हुच्छे नारायण श्रेष्ठ ,जया देबकोटा मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेल,नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष गौतम खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले धन्यवाद सहित अहिले कृषिमा आत्मनिर्भर हुनु जरुरी रहेको बताए। विदेशबाट ज्ञान हाँसिल गरेर आएका उद्यमशील व्याक्तिहरूको रोजाइमा कृषि नै परेको बताउदै उनले पहिला पढेलेखेकाहरूले जागिर खानुपर्छ कृषिमा अल्झिनु हुँदैन भन्ने भनाइ थियो, भने हाल त्यो कुरा पूरै परिवर्तन भएको बताए ।कोरोनाका कारण विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किएका विशेषत युवा समुदायको ज्ञान र सिपको उपयोग गर्दै स्वरोजगारको लागि कृषि कार्यमा सहभागी गराउन सकेमा सम्भावित खाद्य असुरक्षा र भोकमरीबाट देशलाई बचाउन सकिने उनले बताए ।
मानिसले हरेक दिन खाने खाना कृषिमा नै निर्भर रहेको भन्दै बिहान बेलुकाको खाना किन्न बजार जादा पनि कोभिड सर्ला भन्ने डर भएको हुँदा यदि आफैले उत्पादन गरेको भए त्यो त्रास बाट मुक्त पनि हुने र आफैले उब्जाएको अर्ग्यानिक खाना पनि पाइने उनले बताए ।भारतबाट आयात हुने तरकारी विषाक्त रहेको बिभिन्न संचार माध्यममा आएको बताउदै त्यसलाई निरुत्साहित गर्न पनि कृषि क्षेत्रको उत्पादन बढाउन जरुरि रहेको हुँदा गोकर्णेश्वर नगरपालिकाले कृषिको लागि धेरै बजेट बिनियोजन गरेको बताए । नगरपालिकाले सामुहिक कृषि खेतिको लागि चाहिने आवश्यक उपकरण तालिम, औजार बिउ बिजन लगायतको सामग्रीमा सहयोग गरिरहेको जानकारी गराउदै धेरैले कौशी खेति पनि शुरु गरेको उनले बताए ।
उनले गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ ३ र ४ कृषिको लागि उपयुक्त रहेक हुँदा नगरपालिकाले सो क्षेत्रलाइ केन्द्रित गरि धेरै अनुदानको कार्यक्रमहरु पनि ल्याएको जानकारी गराए। आयातित बस्तुमा निर्भरता र अल्छि प्रबित्तिले छोएपछि स्थानीय स्तरमा नै पाइने रैथाने बिउ लोप हुन थालेको बताए । उनले रैथाने बालि संरक्षण गर्दै सामुहिक रुपमा आधुनिकीकरण कृषि खेति प्रणाली अवलम्बन गर्न सके रैथाने बालि संरक्षण मात्र नभई कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिने बताए ।उनले परम्परागत रुपमा पहिला पहिला बिउ जगेर्ना गर्ने चलन अहिले हराउदै गएको र प्याकेटको बिउ किन्ने गरेको बताउदै एउटा प्याकेटको बिउ गतिलो परेन भने त्यो नउम्रने, राम्रो उत्पादन नदिने हुँदा सहकारी लगायत बिभिन्न कृषक समूहले सामुहिक रुपमानै ठुलो क्षेत्रमा नै बिउ बिजन उत्पादन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद सहित नगरपालिका भित्र एउटा मात्र रहेको कृषि सहकारी रहेको हुँदा उक्त सहकारीको प्रगतिको कामना गर्दै साधारण सभा सफलताको कामना गरेका थिए।उनले सो सहकारीलाइ थप प्रभावकारी बनाउदै लानुपर्ने बताए। उनले आफु बिभिन्न देशमा घुम्ने क्रममा कृषिमा कसरि अघि बढेका छन भनेर अध्यन गर्दा कृषकहरुलाई धेरै प्राथमिकतामा राखेको आफुले पाएको बताए ।तर नेपालमा बिचौलियाका कारण कृषकहरु मारमा परेको बताए।
‘बिचौलियाले ५ गुणा बढि मूल्यमा किसानको उत्पादन उपभोक्तालाई बेचिरहेको बताउदै एकातिर किसान मारमा छन , अर्को तिर उपभोक्ता उत्तिकै मारमा छन्’ उनले भने। वितरणको माध्यमको भुमिकामा कृषि सहकारीले आफूलाई राख्ने हो बिचौलियाको विकृतिलाई हटाउन भुमिका खेल्न सक्ने उनले बताए ।
नेपालमा कृषि क्षेत्रमा अत्याधिक व्यक्ती संलग्न रहेको भएतापनि यो क्षेत्र परम्पारगत विधिमा चल्ने निर्वाहमुखी भएको अवस्थाले यस क्षेत्रले गर्नसक्ने योगदान गर्न नसकेको र फाईदा पाउनुपर्ने वर्गले फाईदा लिन पनि नसकेको अवस्था रहेको बताउदै वाह्य बिचौलियाको अत्याधिक शोषणमा परेको क्षेत्र पनि कृषि क्षेत्रनै भएको बताए ।यी सबै कारणहरुले गर्दा नै युवापुस्ता पनि कृषि प्रति आकर्षण घटेको बताए ।त्यस परिवेशलाई बुझेर सहकारी लगायतका संघ सस्थाहरुले कृषि वस्तुको बजारीकरण गर्ने हो भने, समाज र देशको आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने बताए । गोकर्णेश्वर नगरपालिकाले सामुहिक खेति गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने बताउदै कृषिमा आधुनिकिकरण गरि उत्पादन बढाउनु पर्ने बताए ।
नगरपालिकाले कृषि क्षेत्रकै लागि भनेर २ करोड ८० लाख बिनियोजन गरेको बताउदै सामुहिक रुपमा ब्यवसायिक रुपमा कृषि उत्पादन गर्नेलाई नगरपालिकाले प्राविधिक, आर्थिक साझेदारी र बजारीकरणको लागि सहयोग गर्ने बताएका छन् । ‘हामीले पटकपटक भनिरहेका छौँ कसैले सामुहिक तथा ब्यक्तिगत व्यवसायिक कृषि उत्पादन गर्न खोज्छन हामी सक्दो सहयोग गर्छौ’ उनले भने, ‘नीति बनाएर पनि त्यतातिर लागिरहेका छौँ’ उनले भने ।
कार्यकमको दोस्रो चरणको कार्यक्रम बन्द सत्र रहेको थियो। बन्द सत्र बाट आगामी कार्यकालका लागि नया कार्यसमिति निर्वाचन मार्फत चयन गरिएको थियो। निर्वाचन मार्फत दोर्जे दोर्जे लामा पाख्रिन को अध्यक्षतामा १३ सदस्यीय संचालक समिति गठन गरिएको थियो।
संचालक समिति
अध्यक्ष : दोर्जे लामा पाख्रिन
उपाध्यक्ष : राम राजा गौतम
सचिब : राजेश कुमार सिंजापति
कोषाध्यक्ष: विकास तामाङ
सह सचिब :रेणु कार्की
संचालक : सुमित्रा पुडासैनी
संचालक: तिलक कुमार श्रेष्ठ
संचालक: बिष्णु प्रसाद चौलागाई
संचालक : उद्दब प्रसाद अर्याल
संचालक : लाल माया लामा
संचालक : सोनु ढुंगेल
संचालक :चुनाब कुमार वन
संचालक : प्रताप पाख्रिन
लेखा संयोजक : शिब हरि मैनाली
सदस्य : मठुरा ढकाल
सदस्य :ललिता घिमिरे
नव निर्वाचित संचालक समितिलाइ संचालक नेफ्स्कुन तथा चिनारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, न्हुच्छे नारायण श्रेष्ठ ले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नव निर्वाचितअध्यक्ष दोर्जे लामा पाख्रिनले सबै जना एक जुट भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए। उनले निर्वाचनको दौरान सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अबको समय कृषि क्रान्तिको भएको बताए ।उनले भने ‘यो समय कृषिलाई व्यवसायिक बनाउने र कृषिमा आत्मनिर्भर हुने अवसर पनि भएको बताए । आर्थिक समृद्धिको प्रथम आधार नै कृषि भएको भन्दै धेरै जसो विकसित मुलुकहरुले कृषिबाटै आर्थिक समृद्धि हासिल गरेको बताए ।
‘कृषि समृद्धिको महत्वपुर्ण साधन हो जसले औद्योगिक विकासको ढोका खोल्दछ’ उनले भने। सहकारी मार्फत बिभिन्न कृषिका कार्यक्रमहरु संचालन गर्दै जाने लक्ष्य रहेको उनले बताए ।कृषि यस्तो क्षेत्र हो जसले मानिसको आधारभूत आवश्यकताको रुपमा रहेको गाँस, बास र कपास उपलब्ध गराउँदै आर्थिक सम्वृद्धि मार्फत राष्ट्र निर्माणको ढोका खोल्न सक्दछ। कृषि क्षेत्रको महत्व सवै युवाहरुलाई बुझाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्न अब ढिलो गर्नु नहुने उनले बताए ।