कागेश्वरी मनोहरा नगरपालिकामा असोज १५ गते ६७ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, असोज १६। कागेश्वरी मनोहरा नगरपालिकाले असोज १५ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत असोज १५ गते थप संक्रमित फेला नपरेको र ६७  जनाले  कोरोना जितेको जनाइएको छ ।

त्यसै गरि हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २६६९ जना पुरुष र १३२५ जना महिला गरि कुल ३९९४ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएको र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।

त्यसै गरि हाल सम्म २१५ जना पुरुष र १५८ जना महिला गरि कुल ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको  जनाएको छ ।त्यसै गरि  १५८ जना पुरुष र  ९९  जना महिला गरि कुल २५७ जनाले कोरोना जितेको जनाएको छ भने हाल सम्म १ जना पुरुष र २ जना महिला गरि कुल तीन जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।त्यसैगरि कागेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा ६ जना पुरुष र २  जना महिला गरि कुल ८ जना रहेको त्यसै गरि होम आइसोलेसनमा ५१ जना पुरुष र ३६  जना महिला गरि कुल ८७ जना रहेको जनाइएको छ ।

त्यसै गरि नगरपालिकाले  वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा  १२ जना संक्रमित  मध्ये ५ जना निको भएको,वडा नं २ मा ८ जना  संक्रमित रहेकोमा    ५ जना निको भएको,वडा नं ३ मा ७ जना संक्रमित रहेको मा ७ जनानै  निको भएको ,   वडा नं ४ मा १४ जना  संक्रमित रहेको र १० जना निको भएको,वडा नं ५ मा २६ जना  रहेको मा हाल सम्म १८ जना निको भएको,वडा नं ६ मा ८३ जना  रहेको मा हाल सम्म  ६३ जना निको भएको , वडा नं ७ मा ५७ जना रहेको मा हाल सम्म  ३९  जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।वडा नं ८ मा ४८ जना  रहेको मा हाल सम्म ३० जना निको भएको  ,वडा नं ९मा   ९९जना  संक्रमित रहेकोमा   हाल सम्म ८० जना निको भएको उल्लेख गरिएको छ ।

हाल सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना र वडा नं ९ मा २ जना गरि कुल तीन जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको  छ ।त्यसै गरि हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा ७ जना रहेको वडा नं २ मा ३ जना ,वडा नं ३मा मा सक्रिय संक्रमित छैनन , वडा नं ४  मा ४जना  वडा नं ५ मा ७ जना , वडा नं ६ मा २० जना ,वडा नं ७ मा १७ जना, वडा नं ८ मा १८ जना र वडा नं ९ मा १७ जना रहेको उल्लेख  गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।