टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या थप ९३२ पुग्यो

 कपन अनलाइन
काठमाडौं ,असोज १५ /नविना श्रेष्ठ
टोखा नगरपालिकामा  कोरोना सङ्क्रमित सख्या ९३२ पुगेको छ।संक्रमित महिला सख्या ४०१ रहेको र पुरुष सख्या ५३१ जना रहेका छन्। हाल सम्म सकृय संक्रमित भने ३९८ जना रहेका छन्।
आज सम्म निको हुनेको संख्या ५३१ जना रहेको छ। हाल सम्म मृत्यु हुने ३ जना रहेका छन्। सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ३३७ जना रहेको र अस्पतालको आइसोलेसनमा ५१ जना रहेको र १० जना सम्पर्क विहिन भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
असोज १४ गते सम्म थप भएका महिला सख्या १८ जना रहेको र पुरुष सख्या २० जना रहेका छन्। भने होम आइसोलेसनमा ३२ जना रहेको र अस्पतालमा ३ जना मात्र रहेका छन्।
CICT Team ले ३८ जना नयाँ संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना नयाँ थप संक्रमित थपिए सँगै ५ जना कोरोना सङ्क्रमित वाट निको भएर डिस्चार्ज भएका छन् भने हाल सम्म १५ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।