समस्या ग्रस्त नयाँ सन्देस सहकारी व्यवस्थापनको जिम्मा बुढानिलकण्ठ नगरपालिकाले लियो
कपन अनलाइन
काठमाडौं ,असोज १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मिलन चोकमा रहेको नयाँ सन्देश बचत तथा ऋृण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै उक्त सहकारीको व्यवस्थापनको जिम्मा बुढानिलकण्ठ नगरपालिकाले लिएको छ।
मन्त्रालयले हेर्ने वा स्थानीय तहले हेर्ने भन्ने लामो समयको अन्यौलता पछि स्थानीय तहले नै हेर्ने निर्क्यौल भए पश्चात आज एक कार्यक्रम आयोजना गरेर सहकारी व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरिएको हो ।
मन्त्रालयले स्थानीय तहलाई नै जिम्मा लगाएपछि नगरपालिकाले कानुन निर्माण गरि व्यवस्थापन बोर्ड गठन गरेपछि सहकारीको छानविन गर्न बाटो खुलेको छ।
‘समस्याग्रस्त सहकारी व्यवस्थापन बोर्ड’ नाम दिईएको बोर्डको प्रमुखमा पुर्व न्यायधिस भोला चौलागाँई रहेका छन। समितिले नयाँ सन्देश बचत तथा ऋृण संस्था को अपचलन सम्बन्धि कार्यको औपचारीक छानविनहरु अगााडी बढाउने छ।
बोर्डको कार्यालय उद्घाटन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, उप-प्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठ सापकोटा,लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।