कोरोना जितेका वी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलको अनुभव

कोरोना जितेका वी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलको अनुभव

कपन अनलाइन

काठमाडौं असोज १४। चिनको वुहानबाट फैलिएको (कोभिड–१९) कोरोना भाइरसले यतिबेला विश्वनै आतिकिंत बनेका छन् । चिन सहित विश्वका विभिन्न ठुला राष्ट्का नागारिक समेत कोरोनाको सिकार बनिसकेको छ ।नेपाल पनि यो रोगबाट अछुतो भने रहेन ।कोरोना भाइरसको महामारी नेपालमा पनि फैलिन थालेपछि सरकारले रोग नियन्त्रणका गर्नका लागि लकडाउन निषेधाज्ञा जारी गर्यो  ।लकडाउन निषेधाज्ञाको  समयमा मनिसहरु घरभित्रै बस्न थाले, विभिन्न कार्यालयहरुको सेवा पनि बन्द हुदाँ अहिले सम्म पनि जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरि खाने वर्ग बढी मारमा परेपछि उनीहरुको जनजीवन केहि भए पनि सहज बनाउनको लागि राहत वितरण देखि  कोरोना सचेतना जगाउदै मास्क लगायतका  सामग्री वितरणमा सक्रिय रहदै गर्दा कोरोना संक्रमित बन्न पुगेका  वी. पी संग्राहलयका संस्थापक  अध्यक्ष परशुराम पोखरेल कोरोना जितेर पुन काममा फर्किएका छन् ।

(कोरोना जितेका वी. पी संग्राहलयका संस्थापक  अध्यक्ष परशुराम पोखरेलको भोगाई)  

(कोभिड१९)कोरोना भाइरसको महामारीका बेला सक्रियरुपमा समाजसेवामा लागेको उनि राहत वितरण देखि अफ्ट्यारोमा परेका मानिसहरुलाई सहयोग गर्न पुगिहाल्ने उनको बानी रहेको थियो उनि भन्छन कोभिड संगै सबै जना डराए तर आफु नडराएको बताउदै  अग्रमोर्चामा रहेर समाज सेवा गर्दा गर्दै आफुले पनि  वीर अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब दिएको स्मरण गर्दै भाद्र २४ गते टेकु बाट फोन आएको सो बेला आफु  गाडी चलाइरहेको बताए ।उनले गाडी साइड लगाएर फोन रिसिभ गरे पश्चात आफुलाई कोरोना संक्रमण भएको जानकारी पाएको बताए ।

उनले आफुलाई कोरोना संक्रमित भएको थाहा पाए पनि कोरोनालाइ जित्न सक्छु भन्ने आत्मविश्वास रहेको बताउदै त्यतिबेला  पोजेटिभ भए पनि कुनै पनि लक्षण नदेखिएको बताउदै पोजेटिभ  भने पछि सामाजिक मर्यादा आफ्नो दायित्व पनि पुरा गर्नु पर्ने भएकोले उनले आफु कार्यरत सम्बन्धित  कार्यलय र वडा कार्यालय लाइ जानकारी गराएको स्मरण गर्दै आफ्नो जेठो छोरा डा. प्रकाश पोखरेलले पनि संगै कोरोना परिक्षण गरेको हुँदा छोरालाई आफु संक्रमित भएको जानकारी गराएको बताए।  उनले अस्पताल बाट पोजेटिभ आउनेलाइ फोन गरेर भन्ने रहेछन तर नेगेटिभ नआउनेलाइ नभन्ने रहेछन  भन्दै उनि छोराकै सल्लाहमा घरकै  छुट्टै कोठामा आइसोलेसनमा  बसेको बताए ।

(१४ दिन  होम आईसोलेसनको अनुभव ) 

भाद्र १४ गते रिपोर्ट पोजेटिभ आए संगै उनि घरमा छुट्टै कोठामा बस्न थाले  लक्षण केहि नभएको बताउदै आफु पनि स्वास्थ्य संग सम्बन्धित मान्छे भएकोले सधै स्वस्थ जीवन शैली अपनाएको र कोरोना जित्न सक्ने आत्मबल आफु संग भएको र पटक पटक तातोपानि बेसार लगायत घरेलु मसला हालेको पानी पिएको बताए ।

उनले सोहि दिन आफु पोजेटिभ भए पनि आफ्नो जेठो छोरा डा. प्रकाश पोखरेलको रिपोर्ट नेगेटिभ छ भन्ने सोचिरेहेको बखत् एक्कासी ज्वरो आएको हुँदा उसलाई ओम अस्पतालमा जान अनुरोध गरेको र त्यहा परिक्षण गर्दा उसलाई पनि पोजेटिभ देखिएको उनले बताए। उनले ओम अस्पतालका डाक्हटररु संगको सल्लाहमा छुट्टै आइसोलेसनमा उसको उपचार सुरु गरिएको जानकारी गराए ।आफुमा कोरोना जित्ने आत्मबिस्वास  भए पनि छोराको चिन्ताले सताएको बताए।उनले आफुले आफैलाई सम्हाल्दै १४ दिनको बसाइलाई गुप्तबासको रुपमा अनुभब गरेको बताए ।

उनले सो समयलाइ आफुलाई कोरोना लागेर बसेको नभई कुनै काम बिशेषले आफु ब्यस्त छु भन्ने राख्नको लागि सो समयलाइ बिभिन्न पुस्तक पढेर, विभिन्न योजना बनाएर र सामाजिक संजालमा साथी भाइ हरु संग कुराकानी गरेर बिताएको उनले बताए। उनले होम आइसोलेसनमा बसीरहँदा पोखरेलले आफुलाई केहि सिन्टम अर्थात लक्षण  नदेखिएको हुँदा  तातोपानि लगायत घरेलु मसला हालेको  नियमित खाने गरेको बताए  । उनले आइसोलेसनमा बस्दा   आफुमा कोरोना संक्रमण भएको  दिमाखमा आउन नदिन रचनात्मक काम गर्दै बिताएको बताए  उनले आइसोलेसनमा बस्दा सरसफाइमा धेरै ध्यान दिएको पनि बताए ।

 कोरोना संक्रमितलाई समाजमा विभिन्न आरोप लगाउने गरेको पीडा सुनेंपनि आफु आईसोलेसनमा बसीरहदा त्यो पिडा भने उनले  नसुनेको । बरु फोनमार्फत, आफन्त सुभचिन्तकहरुले केहि हुदैन आत्मबल बढाएर बस्नु भनिनैरहेका थिए । उनले कोरोनालाई १४  दिनमा जित्न सफल भए । उनि भन्छन कोरोना गर्मिमा सक्रिय हुन पाउदैन त्यसैले शरीरलाइ गर्मिलो बनाउनु पर्छ उनले आफ्नो अनुभब त्यो रहेको पनि बताए ।

कोरोना लागेपछि मरिन्छ भन्ने डर लिने गरेको र कोरोना लागेका व्यक्तिलाई हेर्न पनि डराउने  गरेको मा पछिल्लो समय समाजको धारणा फेरिएकोमा उनि खुसि छन । कोरोना एउटा भाइरस हो । यसलाई साबधानी अपनाए चाँडै निको भइन्छ । मनोवल उच्च बनाए कोरोनालाई जित्न सकिन्छ भन्ने मनोबल उनिभित्र जागृत भयो । कोरोना लागेको जोकोही मानिसलाई घृणा गर्नुहुँदैन । माया, हौसला दिनुपर्छ । यो विषम् परिस्थितिमा सबै एकजुट भएर कोरोनालाई परास्त गर्न सकिन्छ र गर्नुपर्छ । उनले भने

कोरोना जितेका उनले सबैलाई सन्देश दिदै भन्छन  कोरोना सगँ डराउनु पदैन । आत्माबल बढाए यसले केहि गर्न सक्दैन ।तर त्यसलाई सामान्य रुपमा लिनु पनि नहुने उनि बताउछन् स्वस्थ जीवन शैली अपनाउन अनुरोध गर्दै अरुले  भने जस्तो हाच्यु गरेर उडाउने जस्तो होइन रहेछ यो रोग उनि भन्छन!

“सचेत रहने ,मनोबल उच्च राख्ने ,दुरी कायम गर्ने, मास्क लगाउने, आत्मबल बढाउने हो भने कोरोनालाई जित्न सकिन्छ” ।विभिन्न खालका आरोप लगाएर बसेका समाजमा साथ र सहयोग गर्ने आफन्तनै थिए । समाजका केही बुझ्ने अग्रजहरु घरमा जाने र घरको अबस्था बुझ्ने र हौसला दिने गर्दथे । कोरोना एउटा भाईरस हो ।यो भाईरस सबैलाई लाग्न सक्छ । यस्तो अवस्थामा बिरामीको मनोबल बढाउने भन्दापनि भेदभाब घृणा र अपहेलाना गर्ने गरेको समाजमाथुप्रै उदाहरणहरु थुप्रै  छन् तर  आफु त्यसमा भाग्यमानी रहेकोसबैको माया स्नेह प्राप्त गरेको उनले बताए ।

सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ । त्यसमा गोकर्णेश्वर नगरपालिका भित्र पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको भन्दै उनले स्थानीय सरकारले थप प्रभाबकारी काम गर्नु पर्ने सुझाब दिएका छन ।उनले कोरोना परिक्षण न्यून रहेको भन्दै नगरपालिकाले त्यसको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिएका छन् भने

कोरोना सचेतना जगाउन युवा भन्दा बिषय बिज्ञ ब्यक्तिहरुलाई परिचालन गर्नु पर्ने पनि उनले बताए।उनले स्वयम् सेवकहरु खटिएकोमा प्रसंशा गर्दै स्वयम धेरै स्वयं सेवक परिचालन गर्नु भन्दा थोरै बिज्ञ सहित वडा वडामा कोरोना रोकथामको लागि ठोस योजना लागु गर्नु पर्ने उनले बताए । उनले आम मानिसको हेलचेक्र्याइँ र लापरबाही बढेको र कोरोना परिक्षण गर्दा समेत गलत ठेगाना दिएर मानिसहरु लुक्ने गर्दा कोरोना फैलिने डर तिब्र हुने भएकोले कोरोना परिक्षण गर्दा नागरिकले आफ्नो दायित्व पुरा गर्नु पर्ने बताए ।

उनले कतिपय कोरोना संक्रमित नै होम आइसोलेसनमा बस्ने भन्दा पनि खुल्ले आम हिडिरहेको भन्दै उनीहरु आफै सचेत भएर आफु बाट अरुलाई संक्रमण सर्न सक्छ भनेर आइसोलेसनमा बस्नु पर्ने बताए ।हाल कोरोना जितेर कार्य क्षेत्रमा खटिएका उनि भन्छन कोरोनासँग सामाजिक दुरी कायम गरेर अब जीवन यापन गर्नुपर्ने भएको छ । कुनै पनि सरकारले एक्लै यसलाई रोक्न सक्ने अवस्था  नभएको भन्दै । आम जनता मिलेर यो संक्रमणबाट बच्नका लागि प्रयास गर्नुपर्छ ।  उनले भने ।

उनले अहिले आफु र आफ्नो परिवार सबैले कोरोना मुक्त भएको बताउदै सामाजिक संजाल  ,टेलिफोन गरेर अनि जोखिमका बिच पनि भेट्न आएर सहयोग र शुभेच्छा देखाउने  सबै ,इस्टमित्र, शुभचिन्तक सबैलाई  हृदयदेखी आभार ब्यक्त गर्दै  अबको  आफ्नो  समय  कोभिडबाट सुरक्षित रहने र कोभिड बाट  समस्यामा परेका बिरामीलाई बचाउने तर्फ केन्द्रित गर्ने  बताएका छन।
तपाइँको प्रतिक्रिया ।