Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120299280_817441659010240_7382091329516146573_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा बुढानिलकण्ठका स्वयंसेवकहरु संग प्रदेस सभा सदस्यको अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,असोज १३।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठले विकास कार्य र कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानका लागि परिचालन गरेका स्वयंसेवकहरु संग काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले अन्तरक्रिया गरेका छन।  बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये निर्वाचन क्षेत्र नं ५ (२) मा पर्ने वडा नं ३,४,५,६ र ७ मा परिचालित स्वयंसेवकहरु संग अन्तरक्रिया गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी र सचिव प्रदिप डंगोलको उपस्थितिमा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य निरौलाले पार्टीको झन्डा मुनि गोलवन्द भएका स्वयंसेवकहरुको जिम्मेवारी प्रकोप नियन्त्रणमा मात्र नभई पार्टी बाट प्रतिनिधित्व गरेका जानाप्रतिनिधिहरुलाई सहयोग गर्ने पनि रहेको तर्फ विचार गर्नका लागि आग्रह गरेका थिए।

पार्टीका स्वयंसेवकहरुलाई जनता संग जोडिने हरेक वडामा श्रम सिविर संचालन गर्ने जानकारी दिदै असोज १४ गते बिहान ८ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँमा सामुहिक कृषिका लागि सबैको सहभागितामा सिविर संचालन गर्ने तयारी गरिएको बताएका छन।

तपाइँको प्रतिक्रिया ।