नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान
दक्षिण कोरियामा हुने विश्वविद्यालय च्याम्पियनसिपमा सहभागिता जनाउन तेक्वान्दो टोली आज सोल प्रस्थान गरेको छ । एक प्रशिक्षक र चार खेलाडी सहितको टोलीलाई काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा विश्वविद्यालयका पदाधिकारीहरुले शुभकामना दिंदै बिदाई गर्नु भयो । प्रतियोगितामा महिलातर्फ हेम कुमारी चौलागाँई र आयशा शाक्य तथा पुरषतर्फ पुष्प थापा र अनिश महर्जनले सहभागिता जनाउने छन् । टोलीको नेतृत्व मुख्य प्रशिक्षक दिपक बिष्टले गरेका छन् । दक्षिण कोरियाको पोचेनाममा हुने खेल जेठको १२ गतेबाट शुरु भई १८ गते सम्पन्न हुनेछ । विश्वविद्यालय च्याम्पियनसिप हरेक जोर बर्षमा एक पटक आयोजना गरिन्छ ।
तपाइँको प्रतिक्रिया ।