आफ्नै आँखा अगाडी जीवन संगिनी गुमाएका बुढानिलकण्ठका विक्रम भन्छन ,‘५ वर्षीय छोरीको भविष्य के होला ?’
कपन अनलाइन
काठमाडौं,असोज ११।
असोज ७ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का विक्रम कार्की आफ्नो बुढी औलाको नङमा चोट लागेर उपचारका लागि त्रि वी शिक्षण अस्पताल पुगेका थिए। आफ्ना बुवा संगै अस्पताल जान लागेका उनलाई ठुलै चोट लागेको आशंका गर्दै उनकी जीवन संगिनी अनुपा कार्की पनि उनि संगै गएकी थिइन।
सो दिन करिव १२.५० को समयमा कार्की दम्पति खाना खानका लागि सो अस्पताल अगाडी रहेको सडकको पारि पट्टि होटलमा गएका थिए।उक्त स्थानमा रहेको होटलमा खाना खाएर बाहिर निस्केका विक्रमले सायदै सोचेका थिए होलान केहि फिट अगाडी रहेको जेव्रा क्रसिंग सम्मको यात्रा नै २६ वर्षीय जीवन संगिनी अनुपा संग उनको अन्तिम यात्रा हुनेछ।
तर विडम्बना आफु भन्दा एक कदम अगाडी रहेकी आफ्नी जीवन संगीनिको प्राण पखेरु उडेको प्रत्यक्ष हेर्न उनि बाध्य बने। सो स्थानमा नम्बर नखुलेको FZ मोटरसाइकलले ठक्कर दिएर लडेकी उनकी जीवन संगिनी अनुपा कार्कीलाई बा ११ च ४१४१ नम्बरको प्राडो गाडीको पछाडिको पांग्राले किच्दा उनको मृत्यु भयो भने बिक्रम गम्भीर घाइते भएर न्याय मागिरहेका छन।
आफ्नै आँखा अगाडी देखिएको त्यो त्रासदीपूर्ण दृश्यले पटक पटक आफुलाई सताएको कपन अनलाइन संगको कुराकानीमा बताउने कार्कीले दोषी माथि कारवाहीको माग राख्दै जाहेरी दिएको जानकारी दिएका छन।
आफ्नी जिवन संगिनीको लास अहिले पनि अस्पतालको शव गृहमा रहेको र आफुले न्याय नपाउन्जेल पोस्ट मार्टमका नगर्ने बताउदै कार्कीले प्रश्न गरेका छन ,” मेरी ५ वर्षीय छोरीको भविष्य अव के हुन्छ ? ”
असोज १० गते जाहेरी दरखास्त दिएका विक्रम कार्कीले घटना भएको ५ दिन वितिसक्दा पनि ठक्कर दिने मोटर साइकल फेला नपरेको र पीडक पक्ष सम्पर्कमा न आएकोले किटानी जाहेरी दिने तयारीमा रहेको बताएका छन।
दिन दहाडै शहरको विच सडकमा भएको घटनाका दोषी पत्ता लगाउन यति धेरै दिन लागेकोमा दुख व्यक्त गर्दै कार्कीले तत्काल दोषीलाई कारवाही गरि आफ्नी जीवन संगीनिको लासको पोस्ट मार्टम गरेर अन्तिम संस्कार गर्न पाउनु पर्ने जाहेरी दरखास्तमा माग गरेका छन।
पिडित पक्षले दिएको जाहेरी :



