ओखलढुंगा जिल्ला खिजीदेम्बाका गम्बु शेर्पा सहित सयौ जनता समाजवादी पार्टीमा प्रवेश
कपन अनलाइन
काठमाडौं ,असोज ११।
गायन र समाजसेवामा सकृय ओखलढुंगा जिल्ला खिजीदेम्बाका युवा गम्बु शेर्पा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ओखलढुंगा कला साहित्य समाजका अध्यक्ष समेत रहेका शेर्पा शनिवार राजधानीमा एक कार्यक्रमका बिच जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
शेर्पालाई पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरुले स्वागत गरेका थिए । ओखलढुंगाको खिजीदेम्बाका नेकपा र नेपाली कांग्रेसका सकृय नेता कार्यकर्ता सहित करिब ३ सय भन्दा बढीलाई पार्टी प्रवेश गराईएको नेताहरुको दावी छ ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेशको लहरले आगामी चुनाव जित्ने संकेत गरेको दावी गर्दै शेर्पाले अहिले सकृय नेपाली कांग्रेस र नेकपाले जनताका पक्षमा काम गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा जनता समाजवादी पार्टी उदाउने तर्क गरेका थिए । फोटो सौजन्य ;अनलाइन सरोकार
