प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : काठमाडौं उपत्यकाका २१ स्थानीय तहमा कृषि उत्पादन केन्द्र

कपन अनलाइन

काठमाडौं ,असोज १०।

प्रधानमन्त्री कृषि  आधुनिकीकरण परियोजना अन्तर्गत   काठमाडौं उपत्यकाका २१ स्थानीय तहमा कृषि उत्पादन केन्द्र विकास गर्नका लागि प्रस्ताव आव्हान गरिएको छ।

काठमाडौं उपत्यकाका काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लाका २१ स्थानीय तहलाई तरकारी ,च्याउ , पुष्प ,कफी र लप्सी लगायतका कृषि उपजहरुको उत्पादन केन्द्र संचालनका लागि कृषक समुह , सहकारी ,जल/बन/उपभोक्ता समिति ,कृषि फार्महरुले  कार्तिक ८ गते भित्र कृषि ज्ञान केन्द्र ललितपुरमा प्रस्ताव पेश गर्न सकिने सुचनामा उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।