गोकर्णेश्वर -८ पिपल बस्तीमा सामुदायिक भवनको शिलान्यास

गोकर्णेश्वर -८ पिपल बस्तीमा सामुदायिक भवनको शिलान्यास

कपन अनलाइन

काठमाडौं ,असोज १०।

गोकर्णेश्वर -८ पिपल बस्तीमा सामुदायिक भवनको शिलान्यास गरिएको छ। स्थानीय पूर्वाधार विकास  साझेदारी कार्यक्रम अन्तर्गत ३५ लाखको लागतमा निर्माण हुन् लागेको सो भवनको काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य कृष्ण राईले शिलान्यास गरेका हुन।

आर्थिक वर्ष २०७७/७८ मा भवनको पहिलो तल्ला निर्माण निर्माण सम्पन्न गरि आव २०७८/७९ मा दोश्रो र तेश्रो तल्ला निर्माण गर्ने योजना रहेको सो भवनको शिलान्यास कार्यक्रममा जिसस काठमाडौंकी सदस्य सान्नानी लामा , गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगाना , वडा नं ८ का सदस्यहरु नन्दलाल श्रेष्ठ र डम्बर बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

पिपल वस्ती भौतिक पूर्वाधार तथा उपभोक्ता समितिका अध्यक्ष दावा तामांगको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रमको संचालन राजकुमार श्रेष्ठले गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।