शंखरापुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं ,असोज १०।
होमनेट नेपाल द्वारा एक्सन एड संगको साझेदारीमा शंखरापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ।
नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठलाई चार लाख बरावरको सामग्री हस्तान्तरण गरेका थिए।
सो अवसरमा २ सय ४० सेट पिपिइ र प्रत्येक सेटमा १/१ थान मास्क, सेनिटाइजर, आइ गोबीस, ग्लोब्स, क्पाप लगायतका सामग्रीहरु सहयोग गरिएको थियो।
सो कार्यक्रममा कोरोना भाइरस संक्रमण रोकथाममा नगरपालिकाले गरिरहेको प्रयासबारे चर्चा गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले कोरोना संक्रमण न्यूनीकरणको लागि स्वास्थ्यकर्मीहरु अहोरात्र खतिरहेकोले उनीहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीले थप हौसला मिल्ने बताएका छन ।
लकडाउनको समयमा नगरपालिकाले वितरण गरेको राहत कार्यक्रममा समेत होमनेट नेपालले सहयोग गरेको जानकारी दिदै शंखरापुर नगरपालिकाकि उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले नगरपालिका बसोबास गर्ने बिपन्न बर्गको जिबिकोपार्जन लागि समेत उल्लेखनीय काम गरेकोमा धन्यवाद दिएकी थिइन।
कार्यक्रममा शंखरापुर नगरपालिका प्रसाशकिय अधिकृत भोजराज खतिवडाले सहयोग गर्ने संस्थालाई धन्यवाद दिदै सहयोग र सहकार्य जारी रहने बिश्वास व्यक्त व्यक्त गरेका थिए भने स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईं र स्वास्थ्यकर्मी लक्ष्मीराज जोशीले स्वास्थ्य सामग्रीको उपयोगिता बारेमा चर्चा गरेका थिए ।फोटो सौजन्य : शंखारापुर न्युज