टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिसस काठमाडौं संग सम्झौता
कपन अनलाइन
काठमाडौं ,असोज ९।
टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौं संग सम्झौता भएको छ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौ बिच असोज ९ गते ९ गते ६०/४० अवधारणा अनुसार सम्झौता भएको हो।
सो भवन निर्माणका लागि जिसस काठमाडौंले ७ करोड ५९ लाख १९ हजार ३३७ रुपैया सहयोग गर्नेछ भने टोखा नगरपालिकाले ५ करोड ६ लाख १२ हजार ८ सय ९१ रुपैया बजेट व्यवस्था गर्नेछ । टोखा नगरपालिकाको प्रशासनिक भवनको कुल लागत १२ करोड ६५ लाख ३२ हजार २२९ रुपैया रहेको छ।
जिसस काठमाडौंका प्रमुख शिव सुन्दर राज बैध र टोखा नगरपालिका प्रमुख प्रकास अधिकारीले एक अर्कामा हस्तान्तरण गरेको सो भवन निर्माण सम्झौतामा जिसस काठमाडौंका तर्फ बाट जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले हस्ताक्षर गरेका छन।
सम्झौता पत्र आदानप्रदानको अवसरमा जिसस काठमाडौंका उपप्रमुख सरिता दाहाल र टोखा नगरपालिका की उपप्रमुख ज्ञानमाया डंगोलको पनि उपस्थिति रहेको थियो।
सम्झौता पत्र ;