सामाजिक संजाल IMO को प्रयोग गरी ठगी गर्ने गिरोह पक्राउ
कपन अनलाइन
चितवन ,असोज ८।
सामाजिक संजाल इमो मार्फत तपाईलाई चिट्ठा परेको छ भनि झुक्यानमा पारी ठगी गरेको अभियोगमा जि.प्र.का चितवनले जि.प्र.का मोरंग सँगको समन्वयमा दुईजनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल इमो (IMO) को प्रयोग गरी तपाईलाई IMO APPs मा रु.२५,००,०००।–(पच्चिस लाख) को चिठ्ठा (Lottery) परेको छ भनि झुक्काएर ठगि गर्ने विराटनगर महानगरपालिका वडा नं-११ वस्ने वर्ष २७ को साहिल हुसेन अन्सारी र विराटनगर महानगरपालिका वडा नं-०९ वस्ने वर्ष २७ को कामेश्वर स्वर्णकार पकाउ परेका हुन्।
उनीहरुले रकम दावी गर्न नेपाली नागरिकताको प्रतिलिपी एवं बैंकको खाता नम्वर समेत मागी चिठ्ठा परे बापतको निश्चित रकम राज्यलाई कर तिर्नु पर्ने र तिर्नु पर्ने कर वापतको रकम IME मार्फत मोरङ पठाई दिनु पर्यो भनि पटक पटक फोन गरी चिठ्ठा परेको विषयमा प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै प्रलोभन एवं दवावमा पारी नचिनेका मानिसहरुले पटक पटक गरी रु.२,८०,०००।-(दुईलाख असी हजार) लिई ठगी गरेको उजुरी परे संगै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला चितवन कालिका न.पा.०४ वस्ने वर्ष ४४ की महिलाले मिति २०७७।०६।०४ गते ईलाका प्रहरी कार्यालय टाँडी, चितवनमा सुचना दिए पश्चात प्र.ना.उ. रविन कार्की समेतको अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने निम्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङसंगको समन्वयमा पक्राउ गरी मिति २०७७।०६।०७ गते ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी ल्याई चितवन जिल्ला अदालतवाट पहिलो पटक दिन ७ को म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।