काठमाडौं महानगरपालिका वडा नं ६ को नयाँ कार्यालय भवन निर्माण हुने

काठमाडौं महानगरपालिका वडा नं ६ को नयाँ कार्यालय भवन निर्माण हुने

कपन अनलाइन

काठमाडौँ, असोज ६।  काठमाडौं महानगरपालिका वडा नं ६ को नयाँ कार्यालय भवन निर्माण हुने भएको  छ। अहिले वडा संचालन भईरहेको ठाउँसँगै जोडिएको पुरानो भवन भत्काएर नयाँ बनाउने काम  अघि बढेको छ  ।वडाध्यक्ष दिपेन्द्र लामाका  अनुसार  नयाँ निर्माण हुने ठाउँमा जीर्ण भवन थियो,  यसलाई भत्काउन  लागिएको  हो, उनले भने

 भवनभित्र भएका पुराना कागजपत्र जोगाउनु मुख्य काम भएकोले त्यसलाई नया भवनमा सुरक्षित संग  सारिएको जानकारी दिदै   पानीले भिजेर अक्षर नबुझिने, पट्टयाएका पाना खोल्न नसकिने कागजपत्र र पुराना फर्निचरहरु  टेकु पठाइएको उनले बताए  ।

२०३० /३१ सालमा  तत्कालिन  वडाध्यक्ष कुलबहादुर शाक्यको पालामा निर्माण भएको सो भवन  ०५४ सालमा  वडाको नयाँ कार्यालय बनाएर स्थानान्तरण भएपछि पुरानो भवन प्रयोगबिहिन भएको  थियो   । पुरानो भवन भएको   ठाउँमा ३ हजार २८४ बर्गफुटको साढे ४ तले  नया भवन निर्माण हुनेछ , उनले भने। यसको भुइँतला ६३६ बर्गफुटको हुने जानकारी दिदै   भवनको लागत इष्टिमेट भ्याटसहित २ करोड ३३ लाख ३ हजार ११७ रुपैयाँ ९९ पैसा  रहेको बताए।उनले  बोलपत्रबाट अम्बुजा कन्स्ट्रक्सन, के. एण्ड के. जी. रमिता जेभीले १ करोड ६५ लाख रुपैयाँमा निर्माण कार्य कबोल गरेपछि काम अघि बढेको बताए  । भवनको नक्सा सहरी योजना आयोगले तयार पारेको छ  ।

फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।