कालिका मिडियाले भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउँदै

कालिका मिडियाले भर्चुअल माध्यमबाट  वार्षिकोत्सव मनाउँदै

कपन अनलाइन

चितवन ,असोज ५।

रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिएका छन  ।

यस पटक  १२ वटा विविध कार्यक्रम हुदैछन् । असोज ८ देवघाटस्थित वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाना खुवाउँदै आर्शिवाद लिएर वार्षिकोत्सवका कार्यक्रम सुरु हुनेछन् । असोज ८ देखि २५ गतेसम्म फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सञ्चालन हुनेछ । ९ गते ‘कृषिमा आधुनिकरण र अवसर’, १० गते अपांगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया  कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी चलाइने जानकारी दिइएको छ  ।

त्यस्तै  एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिएका छन  ।

त्यस्तै  १६ गते कालिकासँगका यादहरु, १७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्तरक्रिया  , २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुने जनाइएको छ । असोज २६ गते वार्षिकोत्सव समापन कार्यक्रम हुनेछ ।प्रतियोगिताका विजेतालाई वार्षिकोत्सव समापनका दिनमा पुरस्कृत गरिनेछ ।

निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताउनुभयो । राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लाकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्ड लगायतका विगतका वार्षिकोत्सवमा गरिदै आएका कार्यक्रमलाई सहज परिस्थिति सृजना भएपछि निरन्तरता दिइने बताएका छन  ।

कालिका मिडिया अन्तर्गत  कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखिनै कालिका न्यूज डटकम सञ्चालनमा छन् ।

तपाइँको प्रतिक्रिया ।