बुढानिलकण्ठ नगरपालिका वडा नं -१० को सेवा प्रवाह सम्बन्धि जरुरी सूचना
कपन अनलाइन
काठमाडौं ,असोज ५ /बिबेक पनेरु
बुढानिलकण्ठ नगरपालिका वडा नं -१०मा कोरोना संक्रमितको संख्या बढ्दै गएको र वडा कार्यलयमा बढेको भिडलाई मध्यनजर गर्दै वडाले सेवा सम्बन्धि सुचना प्रकाशित गरेको छ।
सेवा लिन आउनेहरुको भिड बढेको र स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गराउन गार्हो भएकाले अर्को सुचना नआएसम्म २०७७/६/४ गते आइतबारबाट लागुहुने गरि सेवा सम्बन्धि नयाँ नियम बनाएको बुनपा वडा-१० ले बताएको छ।
नयाँ सुचनाका अनुसारका सेवाहरु यस प्रकारका छन :
१) सम्पति कर, तिरो बुझ्ने तथा घरबाटो तथा चारकिल्ला प्रमाणित गर्ने : आइतबार र बुधबार
२) व्यवसाय दर्ता नबिकरण,बहाल कर,पंजीकरण: सोमबार र बिहिबार
३) अन्य बिबिध सिफारिसहरू: मंगलबार र शुक्रबार
४) कोभिड बिमा सिफारिस, वडा प्रवेश अनुमति, बाहिरि जिल्ला जाने पास/सहजीकरण सिफारिस: अनलाइनबाट मात्र हुने
तपाइँको प्रतिक्रिया ।