टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई निटेन मेमोरियल विद्यालयको सहयोग

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई निटेन मेमोरियल विद्यालयको सहयोग
कपन अनलाइन
काठमाडौं ,असोज ३ /नविना श्रेष्ठ
टोखा नगरपालिका वडा नं ३ स्थित रहेको निटेन मेमोरियल विद्यालयकी  संस्थापक जर्मनका नागरिक निकोल ठकुरीले टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेष सहयोग गरेकी छन ।
टोखा नगरपालिका लगायत अन्य स्थानबाट कोरोना पोजेटिभ संक्रमितहरुलाई आसोलेसनमा राखी सेवा सुविधा दिईआएकोमा  कोरोना सङ्क्रमितहरुबाट राम्रो प्रचार र सुचना पाएपछि उक्त विद्यालयको संस्थापकले केन्द्रलाई सहयोग गगरेकी थिइन् ।
टोखा वडा नं-३ का अध्यक्ष सिहराज श्रेष्ठको विशेष पहलमा विद्यालयको संचालक ज्ञानेन्द्र कार्कीको समन्वयमा   संस्थापक निकोल ठकुरीले केन्द्रका अध्यक्ष तथा टोखा वडा-२का अध्यक्ष दिपकराज जोशीलाई  वडा-३ का अध्यक्ष श्रेष्ठ, विद्यालयका संचालक ज्ञानेन्द्र कार्की, वडा-२ का सदस्य हेराकाजी डंगोल, र PHC का स्वास्थ्यकर्मी  रोहवरमा ८० हजार को चेक हस्तान्तण गरेकी थिइन्।
सहयोगकाे रकम वाट कोरोना सङ्क्रमित हरुलाई सुविधा सम्पर्न आसोलेसन बेड खरिद गर्ने  वडा-२ का अध्यक्ष जोशीले बताएका छन ।त्यसतै
विद्यालयको तर्फ बाट PHC मा रहेका कोरोना सङ्क्रमितहरुलाई क्यारिङ बोड चार थान, ब्याडमिन्टन चार थान, कक चार थान र बोड गेम २ थान विद्यालयका सञ्चालक ज्ञानेन्द्र कार्कीले  हस्तान्तरण गरेको वडा-२ का सदस्य हेराकाजी डंगोलले जानकारी दिएका छन ।
निटेन मेमोरीयल माविले  असहाय  बालबालिकाहरुलाई आश्रय दिएर  +२ अध्ययन सकेपछि, आफ्नो खुट्टामा आफू उभिन्न सक्षम भए पछि मात्र घर पठाउने गरेको जानकारी दिएको छ।
सो अवसरमा  कोरोना भाइरस कोभिड-१९ को समयमा आइसोलेसन वार्ड दिई सहयोग गरेकोमा  निटेन मेमोरियल मा.वि लाई टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले धन्यवाद व्यक्त गरेकी छिन्।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।