जनउद्दार मावि बुढानिलकण्ठ १३ चुनिखेलको भवन शिलान्यास

जनउद्दार मावि बुढानिलकण्ठ १३ चुनिखेलको भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ,असोज १। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको जन उद्दार माविको भवन शिलान्यास भएको छ।बुधबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य न्युच्छे नारायण श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा  शिलान्यास गरिएको हो।

बुढानिलकण्ठ नगरपालिका संगको  सहकार्यमा  एसियाली विकास बैक (एडीबि) को करिब ६ करोडको लागतमा सम्पूर्ण पूर्वाधार सहितको भवन निर्माण हुन लागेको हो ।शिलान्यास कार्यक्रममा  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडा सदस्यहरु बिद्यालयका प्रधानाध्यापक, बिध्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियोबुढानिलकण्ठ नगरपालिका वडा नं १३मा  दुइ वटा सामुदायिक बिद्यालय रहेका छन।

तपाइँको प्रतिक्रिया ।