Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119219023_769622620487644_7798478736498191588_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाको भाद्र ३१गते सम्मको कोरोना अपडेट

कपन अनलाइन

काठमाडौँ, असोज १ ।गोकर्णेश्वर नगरपालिकाले भाद्र ३१गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ ।जस अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा १५४ जना पुरुष र १२० जना महिला १२० गरि कुल २७४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरीएको छ भने हाल सम्म ८४ जना पुरुष र ४९ जना महिला गरि कुल १३३ जना कोरोना जितेर फर्किएको जनाएको छ।  नगरपालिकामा १जनाको कोरोना बाट मृत्यु भएको  समेत उल्लेख गरिएको छ ।त्यसै गरि नगरपालिकामा सक्रिय कोरोना संक्रमित संख्या ७३ पुरुष र ६७ महिला गरि कुल १४० जना रहेको जनाएको छ।  त्यस्तै होम आइसोलेसनमा ६२ जना पुरुष र ५५ जना महिला गरि कुल ११७ जना रहेको जनाएको छ।

अस्पतालको आइसोलेसनमा ११ जना पुरुष र १२ जना महिला गरि कुल २३ जना रहेको मा ४ जना पुरुष र १ जना महिला गरि कुल ५ जना क्रिटिकल केयरमा रहेको  उल्लेख गरेको छ ।त्यस्तै नगरपालिकाले  हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरेको मा हाल आर डीटि परिक्षण बन्द गरिएको जनाएको छ । नगरपालिकाले हाल सम्म ६७२ जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पी सी आर परिक्षण गरेको र ११२९ जनाको कन्ट्याक्ट ट्रेसिंग गर्दा ६३ जना पुरुष र ५० जना महिला गरि कुल ११३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।