नक्साल र कमलपोखरीमा ट्राफिक लाईट सञ्चालनमा आयो

नक्साल र कमलपोखरीमा ट्राफिक लाईट सञ्चालनमा आयो

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१।

काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाईट आजदेखि सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं. १को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ कोसहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडी) को ट्राफिक लाईट नयाँ जडान गरी

सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिनुभयो । उनले उपत्यकाको अन्यस्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहलभईरहेको बताउनुभयो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । यस अनुसार कुपण्डोल,झम्सिखेल, हनुमान स्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाईला, बौद्ध, ग्रान्डीलगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका काम शुरू भैरहेको रउपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक लाईट जडानको लागि पहलभैरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्णपालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार,पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक,नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटीचोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क,नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडि लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा पनि ल्याइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।