असोज ३ गते शनिबार गोकर्णेश्वर २ मा आकस्मिक रक्तदान कार्यक्रम हुने

असोज ३ गते शनिबार गोकर्णेश्वर २ मा आकस्मिक रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौँ, भाद्र ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं २ मा आकस्मिक  रक्तदान कार्यक्रम  हुने  भएको छ ।मासिक सय अभियान नेपालले  बिभिन्न संघ सस्थाहरु संगको सहकार्यमा  कोभिड महामारिको अबस्थामा प्रत्येक शनिबार “रक्तदान कार्यकम” आयोजना गर्दै आइरहेकोमा असोज ३ गते शनिवार पनि रक्तदान गर्न लागेको हो।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी चोकमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपानाइ सुरक्षित तवर बाट बिहान ११ बजे देखि २ बजे सम्म संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।