कागेश्वरी मनोहरा नगरपालिकाले भाद्र ३० गते सम्म ३,४४४ जनाको पिसीआर परिक्षण गर्यो

कागेश्वरी मनोहरा नगरपालिकाले भाद्र ३० गते सम्म ३,४४४ जनाको पिसीआर परिक्षण गर्यो

कपन अनलाइन

काठमाडौं,भाद्र ३१ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले  २०७७ बैशाख १ गते देखि २०७७ भाद्र ३० गते सम्मका कोरोना संक्रमितको वडा गत बिवरण सार्वजनिक गरेका छन । उनले सामाजिक संजाल मार्फत उक्त बिवरण सार्वजनिक गरेका हुन । नगरपालिकाले  भाद्र ३० गते सम्म ३४४४ जनाको पिसीआर परिक्षण गरेको जानकारी दिएका छन  भने आर डी टि परिक्षण १३४४ जनाको गरिएकोमा हाल आर डी टि परिक्षण बन्द गरिएको उल्लेख गरेका छन । कागेश्वरी मनोहरा नगरपालिककाको वडा गत कोरोना संक्रमित बिवरण निम्न रहेको छ ।

१- वडा नं. १ मा = १२ जना
२- वडा नं. २ मा = ६ जना
३- वडा नं. ३ मा = ६ जना
४- वडा नं. ४ मा = ७ जना
५- वडा नं. ५ मा = १२ जना
६- वडा नं.६ मा = ५२ जना
७- वडा नं. ७ मा = ४२ जना
८-वडा नं. ८ मा = २२ जना
९-वडा नं. ९ मा = ६८  जना गरि नगरपालिका भित्र  कुल२२८ जना संक्रमित रहेको जस मध्ये ११६जना कोरोना जित्न सफल भएको उल्लेख गरेका छन् ।त्यसै गरि सक्रिय संक्रमित १११ जना रहेको उल्लेख गरेका छन् ।

त्यस्तै होम आइसोलेसनमा  ७७ जना रहेको मुलपानी नगर अस्पतालमा १६ जना र बिभिन्न अस्पतालमा गरि १८ जना सहित कुल १११जना आइसोलेसनमा रहेको जानकारी दिएका छन। उनले हाल सम्म नगरपालिका भित्र १ जना दिर्घ रोगिको कोरोना संक्रमण बाट मृत्यु भएको उल्लेख गरेका छन। उनले संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।