टोखा नगरपालिकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,भाद्र ३१/नविना श्रेष्ठ
टोखा नगरपालिकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना सङ्क्रमितको संख्या ४९२ पुगेका छन्।
टोखा नगरपालिकामा जम्मा सक्रमित पुरुष संख्या २९४ जना रहेको र महिला सख्या १९८ जना रहेका छन्। भने सकृय संक्रमित सख्या २५३ जना रहेको छ।
कोरोना सङ्क्रमित २३५ जना निको भएर घर फर्किसकेका छन्।
टोखा न. पा मा कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सकृय संक्रमित मध्य होम आइसोलेसनमा १८३ जना रहेको र अस्पतालमा ६९ जना रहेका छन्।१ जना संक्रमित सम्पर्क विहिन भएको छ।
भाद्र ३० गते कोरोना सङ्क्रमित महिला संख्या १२ जना र पुरुष संख्या १८ जना थप भएका छन्। होम आइसोलेसनमा १९ जना रहेको र अस्पतालमा १० जना रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका वडा नं १ को मंगल गणेश मन्दिर मा ३२ जना र वडा नं ३मा ६७ जना गरि जम्मा ९९ जनाको कन्ट्याक ट्रेसिनमा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
UNICEF ले टोखा नगरपालिका लाई १६० स्वच्छता किट हस्तान्तरण गरेको छ।
CICT Team ले ३०जना नयाँ संक्रमितहरुको cose Investigation गरेको टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन्।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप भर्ना भएका छन् भने १ जना कोरोना भाइरस लाई जितेर घर फर्केको छ।हाल प्राथमिक स्वास्थ्य केन्द्रमा २४ जना संक्रमित आइसोलेसन सेन्टर मा रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन् ।
टोखा नगरपालिकाका संक्रमितहरुको वडागत विवरण यस प्रकार रहेका छन् ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)