बुढानिलकण्ठ -१० मा आर्थिक अवस्था कमजोर भएका ९० परिवारलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,भाद्र ३१ /बिबेक पनेरु
कोरोना महामारीको कारण लामो समयसम्म गरिएको लकडाउनले रोजगार गुमाएका र आर्थिक अवस्था कमजोर भएकालाई मध्यनजर गर्दै मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा -१० को विशेष पहल र यूवा संजालको सहजीकरणमा खुशी फाउन्डेसनले खाद्यान्न सहयोग गरेको छ । यस राहत वितरण कार्यक्रमा आर्थिक अवस्था निकैनै कमजोर भएका वडा -१० का करिब ९० घरपरिवारलाई सहयोग गरिएको हो ।
सो अवसरमा वडाले पहिचान गरेका परिवारहरुलाई चामल ,तेल, चिउरा, आलु जस्ता घराएसि खाद्यान्न वितरण गरिएको थियो। कोरोना महामारी र लकडाउनले खान लाउन गार्हो परेको अवस्थामा सहयोग पाएपछि राहत पाउनेहरुको अनुहारमा एकदमै खुशी र हर्षित भएको देखिन्थ्यो।
सो अवसरमा वडा नं-१०का वडा अधक्ष्य नवराज भटराईले कोरोना महामारीको कारणले गरिबीको चपेटामा परेकालाई खाद्यान्न सहयोग गरेकोमा आशा फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।
(बिबेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )