कोरोना विरुद्ध सचेतना फैलाउदै नेकपा बुढानिलकण्ठ -१० का स्वयंसेवकहरु

कोरोना विरुद्ध सचेतना फैलाउदै नेकपा बुढानिलकण्ठ -१० का स्वयंसेवकहरु

कपन अनलाइन

काठमाडौं ,भाद्र ३० /बिबेक पनेरु

देशभर कोरोनाको प्रकोप बढी रहेको अवस्थामा नेकपा बुढानिलकण्ठ नगर कमिटीले कोरोना बिरुद्ध स्वयंसेवक परिचालन गरि हाल नगरको १३ वटै वडामा सचेतना अभियान चलाईरहेको छ ।

यसै अभियान अन्तर्गत नेकपा बुनपा-१० ले वडा कमिटि अधक्ष्य जगत निरौलाको नेतृत्वमा स्वयंसेवक परिचालन गरि कोरोना बिरुद्दको सचेतना अभियान आइतबारबाट सुरु गरेको छ ।

यस अभियानमा खटिएका बुनपा-१० नेकपाका स्वयंसेवक आकाश श्रेष्ठले बताए अनुसार यस अभियानमा नेकपाले १४ जना स्वयंसेवक वडा भरि परिचालन गरेको छ ।

ति  १४ जना  स्वयंसेवकलाई ४ भागमा विभाजन गरि वडामा परिचालन गरिएको छ   । अहिले नेकपाका स्वयंसेवकले वडा-१० भरि सचेतना अभियान गर्नुका साथै निशुल्क मास्क समेत वितरण समेत  गरिरहेको छ ।

(बिबेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।