महाधिवेसनले परिवर्तनको वेगलाई सामना गर्ने नेतृत्व निर्माण गर्नेछ :उपप्रधानमन्त्री ईश्वर पोखरेल

महाधिवेसनले परिवर्तनको वेगलाई सामना गर्ने नेतृत्व निर्माण गर्नेछ :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,भाद्र २९ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको आगामी महाधिवेशनले परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्ने विश्वास लिएको धारणा राखेका छन ।

आफ्नो सामाजिक संजाल मार्फत धारणा राख्दै उपप्रधानमन्त्री पोखरेलले  पार्टी एकताको भावना अनुसार लयमा फर्किएको खुशीयालीमा उपप्रधानमन्त्री पोखरेलले महाधिवेशनबाट परिवर्तन आत्मसात गर्ने नेतृत्व आउने अपेक्षा व्यक्त गरेका हुन्।

उपप्रधानमन्त्री पोखरेलले  ‘विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद ’ भन्दै  महाधिवेशनको  राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा”लकिर का फकिर“ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्ने धारणा राखेका छन।

पोखरेलको  विचार :
एकता ज़िन्दावाद ! विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद !!
नेकपाले झन्झावातसित जुद्धै हालै आफ्नो स्थायी कमिटीको बैठक सफलताका साथ सम्पन्न गरेकोछ । चुनौती थिए- चुनौती देखिएका थिए , तर उन्नतस्तरको एकताको भावना र त्यस अनुरूपको प्रयत्न निर्णायक रह्यो ! यो एकताको कुरा गरिरहँदा आफैभित्र छरपस्ट देखिएका कमजोरीहरू लुकाउन खोजिएको होइन ।
तर सगर्व उद्घोष गर्नैपर्छ – तिनै कमजोरीहरूको टाउकोमा टेकेर एकताको उद्घोष गरिएको हो । त्यसैले यो मूल्यवान छ, जसको रक्षा गर्न- गरिरहन संकल्पवद्ध हुनैपर्छ ।
महाधिवेशन गर्ने औपचारिक घोषणा गरिएकोछ । प्रष्ट हुनैपर्छ – यो राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा”लकिर का फकिर “ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ । त्यसैको लागि नेपाल कम्युनिष्ट पार्टीभित्रको एकता अपरिहार्य छ ! एकता जिन्दावाद !!
तपाइँको प्रतिक्रिया ।