काठमाडौं महानगरपालिका ६ रामहिटी बौद्ध साहित्य सदनमा लायन्स क्लबको रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं भाद्र २८ ।”रक्तदान जीवन दान” भन्ने मुल नाराको साथ काठमाडौं महानगर पालिका वडा नं ६ रामहिटी बौद्ध स्थीत साहित्य सदनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहदै आएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ बौद्धसहित विभिन्न क्लबहरू संगको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लायन्स क्लब अफ बौद्ध सहित लायन्स क्लब अफ नेपाल हेल्पिङ हेन्डस्, लायन्स क्लब अफ काठमाडौं नोबेल लायन्स क्लब अफ काठमाडौं बशिष्ठ ग्लोबल र लियो क्लब अफ काठमाडौं बौद्ध को संयुक्त आयोजना तथारक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा बिहान ९ बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गरेको सो रक्तदान कार्यक्रममा३५ जनाले रक्तदान गरेको जोन चियर पर्सन भुवन पोखरेल एम जे एफले कपन अनलाइनलाइ जानकारी गराए।
लायन्स क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं बौद्धका प्रेसिडेन्ट तिलक कुमार श्रेष्ठले जानकारी गराउदै सो रक्तदान कार्यक्रममा राधाकृष्ण यथ क्लबले समेत सहकार्य गरेको जानकारी गराए ।कोरोना भईरस (कोभिड–१९) को संक्रमणको जोखिमको बिषम परिस्थितिमा पनि मानविय सेवाको भावनाबाट उत्प्रेरित भई रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाइ आयोजकले धन्यबाद दिएका छन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठपुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल , पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक कोर्डिनेटर लायन कुमार राज सुवेदी, क्याबिनेट सेक्रेटरी लायन बिमलकुमार श्रेष्ठ . क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब
माइ लायन/माइ एलसीआइ चिफ लायन रमेश लामा, ब्लड सर्भिस चिफ बिनोद कुमार श्रेष्ठ,जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा लायन संजय दाहाल, लायन दिपक चापागाई आयोजक संस्थाका पदाधिकारी सहित लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।