नेकपा बुढानिलकण्ठ द्वारा १३ वटै वडामा स्वयंसेवक परिचालन

नेकपा बुढानिलकण्ठ द्वारा १३ वटै वडामा स्वयंसेवक परिचालन

कपन अनलाइन

काठमाडौं ,भाद्र २६।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बुढानिलकण्ठले नगरपालिकाका १३ वटै वडामा स्वयंसेवक परिचालन गरेको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सहयोग गर्नका लागि प्रत्येक वडा बाट नामावली संकलन गरेर सचेतना,जागरण र  आपतकालीन सेवा उपलव्ध गराउनका लागि स्वयंसेवक परिचालन गरिएको हो।

यसी क्रममा वडा नं २ कालिकाचौर पार्कमा आयोजित संक्षिप्त कार्यक्रममा वडा कमिटिका अध्यक्ष तथा सचिव नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटिका सचिवालय तथा काठमाडौं ४(२) का इन्चार्ज  सदस्य सुन्दर पुर्कुटी,  बागमती प्रदेस कमिटिका सदस्य तथा काठमाडौं ५(२) इन्चार्ज शान्ति अधिकारी लगायतको उपस्थितिमा स्वयंसेवकहरुका लागि विभिन्न  सामाग्रीहरु वितरण गरिएको थियो।

नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल र केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको सहयोगमा उपलव्ध भएका स्वयंसेवक ज्याकेट तथा मास्क हस्तान्तरण गरिएको सो कार्यक्रममा प्रत्येक वडामा ९ जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिइएको थियो।

बुढानिलकण्ठ नगरपालिकाले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानका लागि गरेका कार्यहरुमा सहयोग गर्दै नगरवासीलाई विभिन्न किसिमका आपतकालीन सेवा,परामर्श तथा स्वयंसेवका लागि पार्टीले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले बताएका छन।

सबै वडाका अध्यक्ष तथा सचिवहरुको उपस्थितिमा विभिन्न कार्यक्रम तथा अभियानमा सक्रिय हुँदा पालना गर्नुपर्ने नियम र आचार संहिताका वारेमा जानकारी गराइएको बताउदै नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले स्वयंसेवकहरु जनप्रतिनिधिहरुको सहयोगीका रुपमा परिचालित गर्ने योजना रहेको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।