बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक औसधि

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक औसधि

कपन अनलाइन

काठमाडौं ,भाद्र २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक औसधि वितरण गरिएको छ। वडा कार्यालयको सहयोगमा आशाको साथी नामक सामाजिक संस्थाले  वडा नं १२ मा बसोवास गर्ने २०० जना जेष्ठ नागरिकहरुलाई सो औसधि वितरण गरेको हो ।

सो औसधिले माैसम परिवर्तन सँगै लाग्ने सुख्खा खाेक ,रूघा आदिमा राम्रो काम गर्ने चिकित्सालयकाे सुझाव अनुसार चार चरणमा वडाका जेष्ठ नागरिकहरुलाई सो औसधि वितरण गरिएको थियो।

वडा अध्यक्ष अध्यक्ष शम्भु प्रसाद भट्टराई ,कार्यपालिका सदस्य शान्ता ढकाल,वडा सदस्य डिल्ली प्रसाद खतिवडा , वडा सदस्य पुरूषाेतम नेपाल र वडा सदस्य मिना वयलकाेकी  लगाएत संस्थाका पदाधिकारीहर , महिला संजाल लगायतको उपस्थितिमा वडाका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सचेतना र परामर्श पनि प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।