ओलम्पियन खेलाडीको कोरोना बीमा गरिने

ओलम्पियन खेलाडीको कोरोना बीमा गरिने

कपन अनलाइन

काठमाडौं ,भाद्र २१।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो ।

यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको छ । यसैबीच,एनओसीले कोरोना संक्रमित महासचिब निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोनामुक्त भएको समेत जनाएको छ ।

सो  बैठकले कोरोना संक्रमित नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता समेत रहेका ओलम्पियन जितबहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ । केसी पनि कोरोना संक्रमण भएको छ । बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन दिदै सबैलाई डब्लुएचओ र नेपार सरकारले दिएको नियमलाई पालना गर्न आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।