बुढानिलकण्ठ -१ का ३० महिलाहरुलाई मानव अधिकारका लागि एकल महिला (WHR ) को सहयोग

बुढानिलकण्ठ -१ का ३० महिलाहरुलाई मानव अधिकारका लागि एकल महिला (WHR ) को सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

बुढानिलकण्ठ -१ का ३० महिलाहरुलाई मानव अधिकारका लागि एकल महिला (WHR )ले खाद्यान्न सहयोग गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा  फुड बैंक संचालन गर्दै आएको समुहले वडा नम १ का विपन्न तथा राहतको आवस्यकता परेका महिलाहरुलाई वडा कार्यालय संगको समन्वयमा राहत वितरण गरिएको हो।

उक्त आवसरमा ३० महिलाहरुका लागि चामल,दाल .नुन ,चिनी ,तेल ,झुल सहित विभिन्न सामाग्रीहरु वडा नं १ का महिलाहरुलाई समुकी संस्थापक अध्यक्ष लिली थापा ,वडा नं १ का जनप्रतिनिधिहरु र अन्य व्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको थियो।

सबिन शेर्पा ,टेम्बा शेर्पा र आइ ओ एम (IOM ) को सहयोगमा  राहत प्राप्तगर्ने  ३० मध्ये १३ जना एकल महिला रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।