तारकेश्वर नगरपालिका वडा नं ५ मा ४५ जनाको स्वाब संकलन
कपन अनलाइन
काठमाडौं, भाद्र २०। तारकेश्वर नगरपालिका वडा नं ५ मा नगर स्वास्थ्य शाखा बाट शुक्रबार पी सी आर परिक्षणको लागि स्वाब संकलन गरिएको छ । शुक्रबार वडा नं ५मा कोरोना जोखिममा रहेका कुल ४५ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको वडा सदस्य अनन्तमणि आचार्यले कपन अनलाइनलाइ जानकारी गराए। उनले वडा नं ५ मा हाल सम्म १६ जना कोरोना संक्रमित भेटिएको जस मध्ये ८ जनाले कोरोना जितेर घर फर्किएको उनले बताए ।
उनले संक्रमितको सम्पर्कमा आएका २९ जना पुरुष र १६ जना महिला गरि कुल ४५ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको जानकारी दिदै पिसीआर परिक्षण गरेका हरुलाई रिपोर्ट न आउन्जेल घरमै बस्न अनुरोध गरिएको पनि उनले बताए ।
संक्रमण जो कसैलाई पनि हुने भएकोले सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने जस्ता कुरामा झन् धेरै ध्यान दिनु पर्ने भन्दै वडा सदस्य आचार्यले कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन ।