गोकर्णेश्वर नगरपालिका ७ ले हिउँदे सिजनका लागि तरकारीको बिउ वितरण गर्यो
कपन अनलाइन
काठमाडौं, भाद्र १९। गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले निशुल्क बिउ वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिकाको कृषि शाखाले बार्षिक रुपमा सिजन अनुसार बिउ बिजन तथा कृषि सामग्री वितरण गर्दै आएको र यस पटक पनि हिउँदे सिजनका लागि तरकारीका बिउ कृषकहरुलाई वडा कार्यलय बाट बितरण गरिएको हो ।
वडा बाट इच्छुक कृषकहरुलाई सामाजिक दुरी कायम गरि करिब सय जनालाइ बिभिन्न हिउदे सिजनका बिउ वितरण गरिएको वडा सदस्य बिन्दा सापकोटाले कपन अनलाइन लाइ जानकारी गराइन।अत्याधिक मागका कारण हाल लाइ सय जना कृषकहरुलाई मात्र वितरण गरिएको र थप बिउ बिजनको लागि माग गरिएको पनि बताइन । कोरोना महामारीको संत्रासका बीच आन्तरिक उत्पादन लाई बढवा दिन कृषकहरुलाई बिउ-बिजन वितरण गरिएको उनले बताइन । उनले केहि दिन भित्रमा बेर्ना पनि वितरण गर्ने तयारी गरिएको उनले बताइन ।
सरकारले लकडाउन घोषणा गरिरहदा दिनभरी घरमै बसिरहनु भन्दा कौसी तथा करेसा बारी तरकारी खेती तालिम लाइ सदुपयोग गर्दै खालि भएको जग्गा तथा जग्गा नहुनेले छतमा कौशी खेती गरी आत्मनिर्भर बन्ने र बाहिर बाट आउने उत्पादन प्रयोगमा कम गर्दै छतमा पनी खेती सम्भब छ भनेर प्रमाणित गरेर देखाउने अवसरको रुपमा लिनु पर्ने उनले बताइन।