गोकर्णेश्वर नगरपालिका क्षेत्रमा (डिसइन्फेक्सन) किटनाशक औषधी छर्किइयो
कपन अनलाइन
काठमाडौं,भाद्र १७।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न गोकर्णेश्वर नगरपालिका वडा नं ५/६ लगायतका क्षेत्रमा (डिसइन्फेक्सन) किटनाशक औषधी छर्किएको छ । उक्त क्षेत्रको भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाइएको छ।
गोकर्णश्वोर नगरपालिका स्वयंसेवक सम्योजक दिपक लामा नेपाल आदिबासी जनजाति क्षेत्र नम्बर ३का सभापति सम्देन लामा, समाज सेवी शम्भु प्रसाद अधिकारी समाजसेवी ,कर्म दोर्जे लामा, समाजसेवी एबम नेपाल आदिबासी जनजाति क्षेत्र नं ३ का सदस्य फुर्साग तामांग ,सुजन लामा लगायतको पहलमा उक्त क्षेत्रमा किट नाशक औषधी छार्किएको हो।
उक्त टोलीलाइ महानगरीय ट्राफिक वृत्त बौद्दले पनि सहयोग गरेको थियो। विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ ९कोरोना भाइरस को संक्रमणलाई नगरपालिका क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको समाजसेवी एबम नेपाल आदिबासी जनजाति क्षेत्र नं ३ का सदस्य फुर्साग तामांगले बताए ।
सो स्प्रेले कोरोनाको भाईरस (जीवाणु)) मार्न र नसके पनि डेंगु मलेरियाका र फोहोरका कारण बाट लाग्न सक्ने रोग हरु बाट जोगाउन सहयोगी भूमिका खेल्ने बताए ।उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किएर कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसहयोग गर्न अनुरोध गरेका छन । केहि दिन अघि मात्र उक्त क्षेत्रमा संकर्मित फेला परेका थिए ।