छाप भञ्ज्याङका पहिरो जोखिम स्थलको शंखरापुर नगरपालिका प्रमुख सहितको टोली द्वारा स्थलगत निरीक्षण
कपन अनलाइन
काठमाडौं,भाद्र १६। काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका १ र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १३ को सिमानामा पर्ने छाप भञ्ज्याङका पहिरो जोखिम स्थलको शंखरापुर नगरपालिका प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन । केही दिन अघि उक्त क्षेत्रमा गएको पहिरोको कारण ६५ घर जोखिममा परेका छन।
उक्त बस्ति तल पहिरो गएर माटो बगेर जमिन भासिने क्रम पनि जारी रहँदा साँखु फड्केश्वर समेत धरापमा परेको छ। बस्ति नै जोखिममा परेको गुनासो आए पछि शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उक्त क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन् । उक्त स्थानको भुबनोट हेर्दा भुर्गवबिद नै ल्याइ अध्ययन गर्नु पर्ने आवश्यकता रहेको नगर प्रमुख श्रेष्ठले बताए ।
भुक्षय नियन्त्रण तथा पहिरो रोकथाम बिभाग सँग तत्काल समन्वयन गरि थप क्षति हुन नदिन आफुले पहल गर्ने नगर प्रमुख श्रेष्ठले बताएका छन् । सो क्षेत्रका जनताको समस्या समाधान गर्न आफु जहिले पनि तत्पर रहेको बताउदै उनले सिमा जोडिएकोले सिन्धुपाल्चोक र मेलम्ची नगरपालिका सँग पनि आवश्यक समन्वय र सहकार्य गर्ने बताएका छन ।
निरिक्षण टोलिमा वडा नं. १ र ५ का वडा अध्यक्ष द्वय श्याम मणि ढुङगाना र शेर गम्भीर थापा सहित वडा का इन्जिनियर र स्थानिय को सहभागीता रहेको थियो ।करिब ५० औ रोपनी जग्गा तल भासिदै गैसकेको र सहायक राजमार्ग जस्तो मुख्य सडक नै ३ फीट भासिएकोले बस्ती नै धरापमा परेको स्थानीय गोपाल ढकालले जानकारी गराए ।तत्काल रोकथामको पहल नगर्ने हो भने यातायात संचालन समेत गर्न अप्ठ्यारो हुने उनले बताए ।
सिन्धुपाल्चोकको सिमाना जोडिएकोले मेलम्ची नगरपालिका संग समेत नगरपालिका समन्वयन गरि ठुलै बजेट ब्यबस्था गरि तल देखि नै ग्याबिनबाल उठाउनु पर्ने आवश्यकता रहेको छ ।बस्तिका जनताको जन धन को थप क्षति हुन नदिन तुरुन्तै रोकथामको पहल गर्नुपर्ने स्थानीयले नगर प्रमुख श्रेष्ठ सँग माग गरेका छन।
फोटो : शंखरापुर न्युज