तारकेश्वर नगरपालिका वडा नं ८ को घर स्थान सिल गरिएको सुचना

तारकेश्वर नगरपालिका वडा नं ८ को  घर स्थान सिल गरिएको सुचना

कपन अनलाइन

काठमाडौं भाद्र १५ । तारकेश्वर नगरपालिका वडा नं ८ ले स्थान /घर सिल गरिएको सुचना जारी गरेको छ। वडा अध्यक्ष मनोजकुमार घिमिरे द्वारा जारी गरेको सो सुचनामा तारकेश्वर नगरपालिका वडा नं ८ मा कोभिड १९ बाट संक्रमित ब्यक्तिहरु भेटिएको हुँदा उक्त संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान (कन्ट्रयाक्ट ट्रेसिंग गरि स्वास्थ्य सम्बन्धि मापदण्ड /नियम अनुसार पांच दिन भित्र स्वाब संकलन  गरि पिसिआर परिक्षण गरिने भएकोले मिति २०७७ साल भाद्र १४ गते देखि मिति २०७७ साल भाद्र १८ गते सम्म (बढीमा ५ दिन ) निम्न स्थान शिल गिने व्यहोरा उल्लेख गरिएको छ। शिल गरिएको स्थान /घर भित्र आवतजावत नगर्नु नगराउन समेत सुचित गरिएको छ। साथै सो सुचना अवज्ञा गरेमा संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारवाही हुने समेत जानकारी गराईएको छ ।

 

शिल गरिएको स्थान

 पुर्व : पिपल डाँडा उक्लने उकालो बाटो

पश्चिम : लामबगर शिव मन्दिर तल्लो सानो बाटो

उत्तर : बखती टोल निस्कने सानो बाटोको मोड

दक्षिण : खर्क डाँडा उक्लने नमुना टोल सिमाना बाटो ।

तपाइँको प्रतिक्रिया ।